ओलीले ब्यापारीका घरमा बोलाए आकस्मिक बैठक,प्रचण्ड पनि पार्टीको बैठकमा,आजै हुने भयो एकता



हाम्रो इकोनोमि

माओवादीसँग पार्टी एकताको निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् ।पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो । बैठकमा सहभागी हुन नेताहरु मानभवनतिर लागेका छन् ।

मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा पछिल्लो समय ओली र प्रचण्डबीच वान टु वान छलफल भइरहेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी अधिकारीकै घरमा एमालेको बैठक बस्न लागेको हो । संयोजन समितिको बैठक पनि सोही ठाउँमा बस्ने भएकाले एमालेको बैठकका लागि नेताहरुलाई सोही ठाउँमा बोलाइएको स्रोतले जनाएको छ ।
ओलीले आफू र प्रचण्डबीच भएको सहमति पार्टीमा अनुमोदन गराउन लागेको अनुमान गरिएको छ ।

एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बस्नुअघि माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठक बस्ने भएको छ।

बैठक पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्न लागेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
‘पार्टी एकता संयोजन समितिको बैठक अगाडि हाम्रो कार्यालयको विस्तारित बैठक बस्न लागेको हो’,
भुसालले भनिन्।
पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सम्मिलित एकता संयोजन समितिको बैठक आज दुई बजेका लागि तय गरिएको छ।
माओवादी केन्द्रको कार्यालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँगको छलफलका विषयमा ‘ब्रिफिङ’ गर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

यसै बीच वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्नेगरी सहमति गरेका छन् । जनताको जनादेश विपरित पार्टी एकता नगरी सत्तामा मिलेर रजाँइ गर्ने सहमति गरेका हुन्।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा सरकारको नेतृत्व ओली र प्रचण्डले आलोपालो गर्नेगरि सहमति गरेको विशेष सूत्रले जानकारी दिएको छ ।

स्रोतका अनुसार सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले गर्नेगरि सहमति भएको हो । ललितपुरको एक घरमा भएको वार्ता बिहान १० बजेदेखि ३ घण्टासमम्म चलेको थियो । वार्ता सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

वार्ता राजनीतिक परिस्थिति र पार्टी एकताबारे भएको थियो । आजको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने बिषयमा सकारात्मक रहेको बताइएको छ । एमालेका केही नेताहरुले पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताउँदै आएका थिए । यही बेला माओवादी अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्ति आएपछि हलचल मच्चिएको थियो ।

आलोपालो सरकारको नेतृत्वमा सहमति भएपछि यो वीचमा एकतको लागि प्रयास गर्ने नभए पनि गठबन्धन कायम गर्दै अघि बढ्ने पनि ओली र प्रचण्डवीच सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...