ओलीलाई प्रधानमन्त्री बनाउन बाम गठबन्धनको बहुमत देखाउने यस्तो छ तयारी,राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाउँदै आयोग



हाम्रो इकोनोमि

निर्वाचन आयोगले समानुपातिक परिणामसहित प्रतिनिधिसभामा निर्वाचितको सूची अाज बुधबार राष्ट्रपति कार्यालय बुझाउँदैछ।
यसअघि राष्ट्रिय सभाको निर्वाचन परिणाम बुझाइसकेको आयोगले बुधबार प्रतिनिधि सभाको समानुपातिकसहितको सूची राष्ट्रपति कार्यालयलाई बुझाउने तयारी गरेको हो।

आयोग प्रवक्ता नवराज ढकालका अनुसार राति ८ बजेसम्म लगाएर भएर पनि आयोगले आजै सूची बुझाउनेछ। ‘प्रतिनिधि सभाको समानुपातिकसहितको सूची बुझाउने अन्तिम तयारी भइरहेको छ। ढिलोमा राती ८ बजेसम्म भए पनि बुझाइसक्छौं’, उनले भने। अायाेगले समानुपातिक सूचीलाइ सच्याउन आज साँझ पाँच बजेसम्मको समय दिएकाे छ। दलहरूले सच्याएको परिणाम पाएपछि ६ बजे आयोगले औपचारिक परिणाम सार्वजनिक गर्नेछ।

उता राष्ट्रपति कार्यालय आयोगको परिणाम बुझ्न तयारी अवस्थामा छ। ‘हामी निर्वाचन आयोगसँग क्लोज कन्ट्याकमा छौं’, राष्ट्रपति विद्यादेवी भण्डारीका निजी सचिव भेषराज अधिकारीले भने, ‘त्यसअनुसार आवश्यक तयारीमा हामी छौं।’
आयोगले राष्ट्रपतिलाई परिणाम सूची बुझाएसँगै नयाँ सरकार गठनको ढाेका खुला हुनेछ। त्यसपछि नयाँ सरकार गठनका लागि दलहरूले अाफूसँग बहमुत रहेकाे दावी राष्ट्रपति समक्ष गर्नेछन्।

गत मंसिर १० र २१ गते भएको निर्वाचनबाट नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले संसदमा बहुमत हाँसिल गरेको छ। पार्टी एकीकरणको प्रयास गरिरहेका दुवै दलले आज शीर्ष तह र कार्यदलकाे तहमा एकीकरणका विस्तृत खाकामाथि छलफल गर्दैछन्। ‘अाज पार्टी एकीकरणका श्रृंखलाबद्ध बैठकहरू छन्। रातिसम्म नभ्याए भाेलि हामी बहुमत रहेकाे पत्र राष्ट्रपति कार्यालयलाइ पठाउँछाैं’, एक एमाले नेताले भने।

प्रतिनिधि सभाको २७५ सदस्यमध्ये एमाले १२१ र माओवादी केन्द्र ५३ गरी वाम गठबन्धनसँग कूल १७४ सांसद छन्। याे संख्या झन्डै दुइ तिहाइ हाे। स्वतन्त्र सांसद छक्कबहादुर लामाको समर्थन पनि वाम गठबन्धनलाई रहनेछ। माओवादी नेता उनी टिकट नपाएपछि हुम्लाबाट स्वतन्त्र हैसियतमा उम्मेदवार भई विजयी भएका सांसद हुन्।

यता एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बस्नुअघि माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठक बस्ने भएको छ।बैठक पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्न लागेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

‘पार्टी एकता संयोजन समितिको बैठक अगाडि हाम्रो कार्यालयको विस्तारित बैठक बस्न लागेको हो’, भुसालले भनिन्।
पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सम्मिलित एकता संयोजन समितिको बैठक आज दुई बजेका लागि तय गरिएको छ।

माओवादी केन्द्रको कार्यालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँगको छलफलका विषयमा ‘ब्रिफिङ’ गर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...