ओली-प्रचण्डले एकता गर्ने साइत ३ बजेलाई जुराए,तीनै बजे देउवाले क्याबिनेट बोलाएर यस्तो गर्दैछन् भद्रगोल



हाम्रो इकोनोमि

वाम गठबन्धनका प्रमुख नेता पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन भन्दै निर्णायक छलफलमा जुटेका छन्। एकीकृत पार्टीको नेतृत्व र नयाँ सरकार गठनमा सहमती जुटाएका वाम गठबन्धनका दुई शीर्ष नेता त्यसलाई अन्तिम रुप दिन गोप्य छलफलमा जुटेका हुन्।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले ललितपुरको मानभवनमा निर्णायक वार्तामा रहेको गठबन्धनकै नेताहरुले जनाएका छन्। दुई नेताले एकीकृत पार्टीमा शीर्ष नेताहरुको व्यवस्थापन र सैद्धान्तिक विषयमा टुङ्गो लगाउने बताइएको छ।

ओली र प्रचण्डले टुंग्याएका विषयलाई आजै बस्ने दुवै दलका नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठकले मूर्त रुप दिनेछ। एकता संयोजन समितिको बैठक दिउँसो ३ बजे बस्ने तय भए पनि स्थानको टुङ्गो नलागेको एमाले अध्यक्षको निजी सचिवालयले जनाएको छ। दुवै दलका नेताले एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने र पार्टी नेतृत्वमा दुवै नेता रहने सहमति गरेका छन्। माओवादीको दाबी अनुसार सरकारमा समेत दुवै नेताले आलोपालो नेतृत्व गर्नेछन्।

यता प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गरेका छन्। निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाले राजीनामाको तयारी गरेका हुन्।

निर्वाचन आयोगले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको सम्पूर्ण परिणाम बुझाउने तय गरेको छ।
देउवा निकट स्रोतका अनुसार उनले भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिनेछन्। संविधान कार्यान्वयनको महत्वपूर्ण चरण मानिएको तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने मनसाय बनाएका हुन्।

देउवाका स्वकीय सचिव केशवराज जोशीले प्रधानमन्त्रीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको बताए। उनले नयाँ प्रधानमन्त्री नियुक्त भइसकेपछि मात्र प्रधानमन्त्री देउवाले बालुवाटार छाड्ने उल्लेख गरे।
‘नयाँ संविधान अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्ने कि दुई वा दुईभन्दा बढी बहुमत प्राप्त दलको नेतालाई सिधै नियुक्त गर्ने भन्ने अन्यौल छ,’ उनले भने, ‘नयाँ प्रधानमन्त्रीको शपथसँगै वर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाड्नु हुनेछ।’

प्रधानमन्त्री देउवाले सरकार छाड्नु अघि आजै दिउँसो ३ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन्। सोही बैठकबाट देउवाले सरकारबाट दिने राजीनामा र राष्ट्रको नाममा गरिने सम्बोधनको निर्णय गर्ने उनका सहयोगीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...