सिद्धार्थ बैंकको ६८ लाख २६ हजार कित्ता सेयर आजबाट बिक्री



हाम्रो इकोनोमि

सिद्धार्थ बैंकले बुधबारदेखि ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । उक्त हकप्रदमा आगामी चैत्र ६ गतेसम्म आवेदन गर्न सकिनेछ ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।

सिद्धार्थले हाल कायम चुक्ता पूँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेको छ । बैंकले ९५ करोड ५६ लाख ५६ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । बोनस र हकप्रद पश्चात बैंकको चुक्तापूँजी आठ अर्ब ४५ करोड नाघ्नेछ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख खुद मुनाफा गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा, प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५१ पैसा छ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस ४ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...