एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्दै, आजै पार्टी एकताको घोषणा हुने



हाम्रो इकोनोमि

पार्टी एकतालाई अन्तिम रुप दिन आज एमाले–माओवादी केन्द्रले पार्टी एकता संयोजन समितिको बैठक बोलाएका छन् ।

पार्टी एकतालाई टुंगोमा पुर्याउन केही दिनदेखि छलफलमा जुटेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार नेतृत्व, सांगठनिक तथा राजनीतिक वैचारिक विषय टुंग्याएका थिए ।

 

दुई अध्यक्षबीच बनेको यही समझदारीलाई औपचारिकता दिन बुधबार संयोजन समितिको बैठक बोलाइएको जानकारी नेताहरुले दिएका छन् ।

बैठक ललितपुरको मानभवनमा बस्दैछ । समयबारे भने केही बताइएको छैन ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

गत असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंकाहरु व्यक्त भएका थिए । त्यसो त नेताहरुले वार्ता सहमति नजिक पुगेको बताउँदै आएका थिए । सोमबार र मंगलबारको छलफलपछि एकताले मूर्त रुप लिएको बताइएको छ ।

एकल बहुमतीय सरकार बनेको सन्देश दिने गरी एमाले र माओवादी केन्द्र केही दिनभित्रै पार्टी एकतालाई औपचारिक रुप दिने कसरतमा जुटेका छन् ।

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची बुझाएलगत्तै सरकार बनाउने योजनामा रहेका एमाले–माओवादीले त्यसअघि नै एउटै पाटी बनिसकेको सन्देश दिन खोजेका छन् ।

आयोगले ५ गतेभित्रै सूची बुझाइसक्ने तयारी गरेको छ । त्यसलगत्तै दुई दलका नेताले राष्टपतिसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि अनुरोध गर्नेछन् ।

पार्टी एकताको विधि र सरकारको स्वरुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सैद्धान्तिक सहमति गरिसकेको समाचारमा उल्लेख छ । अब त्यसलाई वाम एकता संयोजन समितिले औपचारिकता दिनेछ ।

एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको टुंगो लेखेको छ । समाचार अनुसार दुई अध्यक्षबीच भएका समझदारीलाई औपचारिकता दिन बुधबार बैठक डाकिएको छ । एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम मोडालिटी एकता संयोजन समितिको बुधबार बस्ने बैठकले टुंगो लगाउनेछ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले संयोजन समितिको बैठकबाट एकताको मोडालिटी अनुमोदन गरी पार्टी एकता गर्ने समझदारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...