चितवन पुगेर प्रधानमन्त्री हुन्छु भन्दै प्रचण्ड काठमाडौँ आइपुगे,प्रचण्ड संग ओली यसरी भए रिसले चुर



हाम्रो इकोनोमि

जनयुद्धको २३ औं वार्षिकोत्सब मनाउन मंगलबार दिउसो १.१५ बजेसम्म पेरिसडाँडास्थित पार्टी मुख्यालयमा थिए, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तर, कार्यक्रमको प्रमुख अतिथि रहेपनि ‘चितवन जानु पर्ने’ भन्दै प्रचण्डले कार्यक्रमको मध्यभागमा बोले। त्यो पनि अत्यन्त छोटो रुपमा। र, उनी मञ्चबाट ओर्लेर चितवनतर्फ प्रस्थान गर्नका लागि सिधै त्रिभुवन विमानस्थल पुगे।

जनयुद्ध दिवसजस्तो महत्वपूर्ण कार्यक्रममा सहभागिता समेत हतार हतार टुङ्ग्याएर चितवन प्रस्थान गरेका प्रचण्ड दुई घण्टापनि नबित्दै चितवनबाट काठमाडौं फर्केका छन्। भरतपुर महानगरपालिका–१४ स्थित गौरीगञ्जमा रहेको शरदपुर माविको वार्षिकोत्सवको उद्घाटन गर्न साढे एक बजे काठमाडौंबाट चितवनतर्फ प्रस्थान गरेका प्रचण्ड दिउसो ३ बज्दा नबज्दै काठमाडौं आइपुगेका हुन्।

एमालेसँगको पार्टी एकता टुङ्ग्याउने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि चितवन पुग्नासाथ काठमाडौं फर्केका हुन् प्रचण्ड। योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) द्वारा आयोजित कार्यक्रममा नेपाली समाजको रुपान्तरणमा जनयुद्धको भूमिकाप्रति ओलीपनि सहमत रहेको र यही ऐतिहासिक दिवसको अवसरमा पार्टी एकता टुङ्ग्याउने चाहना उनको रहेको दावीपनि गरेका थिए।

मंगलबार दिनभरिको खराव मौसमका बीच प्रचण्ड चितवनतर्फ लागेपछि ओली–प्रचण्डबीच आजै हुने भनिएको वार्ता हुने–नहुने भन्ने कुराले जनयुद्ध दिवस मनाउन पेरिसडाँडामा जम्मा भएका माओवादी केन्द्रका नेता–कार्यकर्तामा अन्योल सिर्जना भएको थियो। तर, हेलिकोप्टरबाट चितवन प्रस्थान गरेका प्रचण्डले एक घण्टापनि त्यहाँ बिताएनन्, विद्यालयको कार्यक्रममा सरिक भएर उनी ओलीसँगको भेटका लागि काठमाडौं प्रस्थान गरिहाले।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ढिलोछिटो प्रधानमन्त्री हुने बताएका छन् ।

गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘अहिले टुंगिएको त छैन । तर, ढिलो छिटो प्रधानमन्त्री भएर आउँछु ।’

उनी अघि बोल्ने क्रममा कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...