चितवनको माटो छोएर एमाले संग एकता गर्दै प्रचण्ड,ओलीसँग निर्णायक वार्ता, आजै एकता टुंगिने



हाम्रो इकोनोमि

जनयुद्ध प्रारम्भ भएकै दिन एमाले र माओवादीबीचको प्रक्रिया टुंगो लाग्ने दाबी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्। प्रचण्डले सोमबार ओलीसँग भएको गोप्य वार्ता सकारात्मक रहेको र आजभोलिमा ब्रेक थ्रु हुने बताए ।

जनयुद्धको २३ औं वार्षिकोत्सवका अवसरमा मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकता लगभग टुंगोमा पुगेको घोषणा गरेका हुन्। आजै अपरान्ह प्रचण्ड र ओलीबीच फेरि वार्ता हुँदैछ। त्यो वार्तापछि एकता प्याकेजले अन्तिम रुप पाउने बताइएको छ।

जनयुद्ध दिवस कार्यक्रममा सहभागी भएर प्रचण्ड आजै चितवन जाने र अपरान्ह ओलीसँगको वार्ताका लागि फर्किने कार्यक्रम छ।

‘प्रचण्ड’ले जनयुद्ध दिवसकै दिन नेकपा एमालेसँग पार्टी एकताको टुंगो लगाएर कार्यकर्तालाई सकारात्मक सन्देश दिने लागेको बताउँदै भने, अब नेपालमा समाजवाद स्थापना गर्न कम्युनिष्ट पार्टीहरु मिल्नुबाहेक अर्को विकल्प छैन।’ प्रचण्डले मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ लाई नयाँ एकीकृत कम्युनिस्ट पार्टीमा आउन आग्रह गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले पनि जनयुद्धलाई स्वीकार गरिसकेको बताउँदै प्रचण्डले भने, पार्टी एकताको प्रक्रियामा अब अन्योल छैन।

पार्टी एकतालाई टुंगो लगाउन ओली र प्रचण्डबीच सोमबार मानभवनको गोप्यस्थानमा २ घन्टा लामो वार्ता भएको थियो। एकीकृत पार्टीलाई संयुक्त रुपमा नेतृत्व प्रदान गर्ने र त्यसका लागि दुवैजना अध्यक्ष वा सहअध्यक्ष हुने मोडलसहितको एकताको खाका तयार भएको छ। त्यसैगरी सरकारको नेतृत्व पनि पालैपालो गर्ने समझदारी बनेको छ।

सोमबार दुई अध्यक्षबीच बनेको समझदारमा थप गृहकार्य गरी संभवत: मंगलबार नै एकताको प्याकेजलाई अन्तिम रुप दिने पहल भइरहेको छ। त्यसका लागि दुवैतिरबाट कार्यदल खटिएको छ। निर्वाचन आयोगले बुधबार निर्वाचन अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार निर्माणको बाटो खुल्ने भएकोले एकता प्रकियालाई छिटो टुंग्याउन लागिएको हो।

वाम गठबन्धनका दुई शीर्ष नेताले पार्टी एकतालाई आजै टुंगोमा पुर्या उने तयारी गरेका छन्।

एकीकृत पार्टीको नेतृत्व र नयाँ सरकार गठनमा सहमति गरेका दुवै दलका शीर्ष नेताले एकताको अन्तिम खाका तय गर्दै पार्टी एकीकरणलाई निष्कर्षमा पुर्‍याउने गृहकार्य गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता प्रक्रियालाई आजै टुंगोमा पुर्‍याउने प्रयास भइरहेको बताए।

जनयुद्धको २३औं वार्षिकोत्सवको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुवै दलका शीर्ष नेता बसेर आजै बेलुकासम्म एकतालाई टुंगोमा पुर्यासउने तयारी भइरहेको खुलासा गरे।

दुवै दलका शीर्ष नेताको हिजो बसेको बैठकले एकीकृत पार्टीको नेतृत्वमा दुवै जना रहने र सरकारको नेतृत्व आलोपालो गर्नेगरी सहमति गरेका थिए।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...