ओली संगको लसपसमा रमाएका प्रचण्डले आफ्ना गुरु र चेलालाई यस्तो दिए सल्लाह



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एक दुई घटना घटाउँदैमा क्रान्ति सम्पन्न हुन्छ भन्ने नसोच्न नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य ‘किरण’ र नेकपाका महासचिव नेत्रबिक्रम चन्द (बिप्लव) लाई सुझाव दिएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) ले आयोजना गरेको २३ औं जनयुद्ध दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन्।

‘कमरेड किरण मेरो गुरु हो, मेरो परिचित गुरु’ प्रचण्डले बैद्यको नामै लिएर भने, ‘द्वन्दात्मक भौतिकवाद र अधिभूतवाद को भन्ने कुरा उहाँलाई राम्रोसँग थाहा छ। जीवनमा द्वन्दात्मक भौतिकवाद के हो भन्ने कुरा आफैले अनभूत गर्नुस्।’

त्यसपछि उनले आफ्ना ‘चेला’ बिप्लवप्रति लक्ष्यित गर्दै भने, ‘घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नबाट मुक्त हुन पनि आग्रह गर्छु। रहर गर्दैमा क्रान्ति हुँदैन। क्रान्ति गर्ने रहर त हामीलाई २०४६ अघि नै थियो। तर क्रान्ति सुरु गर्न ५ वर्ष कुर्नुपर्‍यो, एकता केन्द्र बनाएरै जानुपर्‍यो।’

बिप्लवलाई यस्तो सुझाव दिनुअघि नै प्रचण्डले २०४६ अघि सुरु गर्ने भनिएको सशस्त्र संघर्ष कसरी २०५२ मा मात्र सुरु भयो भन्ने कुराको पृष्ठभूमिबारे बताइसकेका थिए।

‘हामी भर्खरको युवा हुँदा हतियार उठाउने जमर्काे गरेका थियौं, २०४६ को परिवर्तन अघि नै गरिसकेका थियौं, जनआन्दोलन भन्दा केही अघि म पार्टीको महामन्त्री भइसकेको थिएँ’ प्रचण्डले भने, ‘केही हतियार पनि जम्मा गरिसकेका थियौं, तालिमपनि सुरु भइसकेको थियो। तर त्यही बेला जनआन्दोलन सुरु भयो।’

प्रचण्डका अनुसार, २०४६ अघि सुरु गर्ने भनिएको जनयुद्धका लागि सुरु गरिएको तालिमको प्रमुखपनि उनी आफै थिए। ‘तर जनआन्दोलन सुरु भएपछि सशस्त्र संघर्ष गर्ने कि जनआन्दोलनमा भाग लिने भन्ने प्रश्न हाम्रा सामु खडा हुन पुग्यो’ प्रचण्डले सुनाए, ‘अनि मैले नै पार्टीमा प्रस्ताव गरें, यो बेला सशस्त्र संघर्ष सुरु गरियो भने त्यसले पञ्चायतविरोधी आन्दोलनलाई कमजोर पार्छ। अनि हामी संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति बनाएर २०४६ को आन्दोलनमा सहभागी भयौं।’

२०४६ को परिवर्तनलाई आफूहरुले धोका भनेपनि जनताले ठूलो उपलब्धि ठानेकाले आफूहरु त्यो धोका नै हो भन्ने बुझाउन पार्टी एकता गरेर एकता केन्द्र बनाएको, भण्डाफोरको नाममा संसदमा गएको स्मरण गरे। ‘यसरी २०४७–०५१ सम्म ५ वर्षको तयारीबाट १ फागुन २०५२ मा जनयुद्ध सुरु गर्न सकिएको स्मरण उनले किरण र बिप्लवलाई गराए।

लहड र रहरले क्रान्ति हुन नसक्ने स्मरण गराउँदै प्रचण्डले भने, ‘एक ठाउँमा बसेर छलफल गर्न म बिप्वलवलाई गर्छु।’

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका