जनयुद्ध दिवसकै दिन पार्टी एकता टुंगोमा पुर्याउन ओली र प्रचण्ड कस्सिए,वैद्य र विप्लबलाई प्रचण्डको दनक



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’लाई समाजवादी क्रान्तिको नयाँ अभियानमा सरिक हुन आग्रह गरेका छन्।

जनयुद्ध दिवसको २३औं वार्षिकोत्सवका अवसरमा मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी अभियानको नयाँ क्रान्तिमा लाग्न सम्पूर्ण नेता-कार्यकर्तालाई आग्रह गरे।
‘वैद्य र विप्लवजीले क्रान्तिको दिवा सपनाबाट यथार्थको धरालतमा टेकेर अगाडि बढ्न आवश्यक छ’, अध्यक्ष दाहालले भने, ‘रहर र लहडले क्रान्ति हुँदैन, त्यसो हुने भए दुनियाँ अर्कै हुन्थ्यो।’

क्रान्तिका लागि जनता आवश्यक पर्ने भन्दै दाहालले जनताको चाहाना विपरीत क्रान्ति सम्भव हुन नसक्ने बताए।

‘विप्लवजी र मेरा गुरु भनेर चिनिने वैद्यजीलाई दिवा सपनाबाट बिउँझिन म आजको दिनमा विशेषभन्दा विशेष रुपमा जोड दिएर अपिल गर्न चाहन्छु’, उनले भने।
समयले सबै कम्युनिस्ट पार्टी एकीकृत भएर समृद्ध देश बनाउने मौका दिएको अध्यक्ष दाहालले बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सधैँ अगाडि बढेर मात्रै क्रान्ति नहुने बताएका छन्।

मंगलबार पार्टीको सहयोगी संगठन वाइसिएलले पार्टी केन्द्रीय कार्यालय पेरिसँडाँडामा आयोजना गरेको २३ औँ जनयुद्ध दिवसको कार्यक्रममा अध्यक्ष प्रचण्डले क्रान्तिका लागि आवश्यक पर्दा पछाडि समेत हट्नुपर्ने बताए। ‘अगाडि मात्रै बढेपछि क्रान्ति हुन्छ भन्नु एकांकी सोच हो’, उनले भने, ‘आवश्यक पर्दा नेतृत्व र पार्टीले पछाडिपनि हट्नुपर्छ।’

नेकपा एमालेस्ँगको एकता क्रान्तिकै लागि भएको र आफूहरु क्रान्तिकै बाटोमा रहेको उनले दावी गरे।

अबको क्रान्ति समाजवादका लागि हुने भन्दै उनले भने, ‘समाजवादको नारा लगाएर नेपाली समाजको क्रान्तिको सपना पुरा गर्न चाहन्छौं।’

अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि आफू र एमालेअध्यक्ष केपी शर्मा ओलीबीच पटक पटक वार्ता भइरहेको भन्दै उनले पार्टी एकता अन्तिम चरणमा पुगेको जानकारी दिए। एमाले अध्यक्ष ओलीले जनयुद्धको ऐतिहासिक भूमिकालाई स्वीकारेपछि मात्रै एकता हुन लागेको दावी गरे।

‘एमालेका अध्यक्षले पनि नेपालको सामाजिक जागरणमा जनयुद्धको ऐतिहासिक भुमिका थियो भन्ने स्विकार गर्नुभएको छ’, उनले भने, ‘सकेसम्म आज नै, जनयुद्ध दिवसकै दिन पार्टी एकता टुृंगोमा पुगोस् भन्ने उहाँको पनि चाहना हो, हाम्रो यहि विषयमा छलफल भएको थियो।’

अध्यक्ष प्रचण्डले क्रान्ति युवाहरुको जोशले मात्रै सम्भव नभएको दावी गरे। केही मान्छेहरुले माओवादी संसदबादमा गएको भनेको पनि आफूले स्मरण गरिरहेको भन्दै उनले आफूहरुको विश्लेषण नै सही सावित भएको बताए। नयाँ यात्रामा आउँदा पनि माओवादी र जनयुद्ध दुवैले जितेको उनको दावी थियो।

यसै बीच एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच केहिबेरमा भेट हुँदैछ। दुई अध्यक्षबीच आजको भेटले पार्टी एकतालाई निर्णायक मोड दिने सम्भावना रहेको छ।
‘उहाँहरुबीच दिउँसो भेट हुने सल्लाह भएको हो, केहिबेरमै छलफल हुन्छ’, एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
सोमबार ललितपुरको मानभवनस्थित एक घरमा भएको ओली–प्रचण्डको छलफलले पार्टी एकताको विषय टुंगो लगाएको बताइएको थियो। सोमबारको उक्त छलफललाई दुई अध्यक्षको आजको भेटले अन्तिम रुप दिने सम्भावना रहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...