सिंहदरबारमा ओलीको भारतीय राजदूत संग यस्तो भयो भेट,एकताको टुंगो लगाउन ओली–प्रचण्डबीच भेट हुँदै



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच केहिबेरमा भेट हुँदैछ। दुई अध्यक्षबीच आजको भेटले पार्टी एकतालाई निर्णायक मोड दिने सम्भावना रहेको छ।
‘उहाँहरुबीच दिउँसो भेट हुने सल्लाह भएको हो, केहिबेरमै छलफल हुन्छ’, एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
सोमबार ललितपुरको मानभवनस्थित एक घरमा भएको ओली–प्रचण्डको छलफलले पार्टी एकताको विषय टुंगो लगाएको बताइएको थियो। सोमबारको उक्त छलफललाई दुई अध्यक्षको आजको भेटले अन्तिम रुप दिने सम्भावना रहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।
उता एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीवीच आज भेटवार्ता भएको छ ।

महाशिवरात्रीको अवसरमा एमाले अध्यक्ष ओलीलाई शुभकामना दिन सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालय पुगेका थिए । उनीहरुवीच शुभकामना आदानप्रदानका साथै पछिल्लो राजनीतिक घट्नाक्रमबारे पनि छलफल भएको थियो ।
राजदुत पुरीको जिज्ञासामा ओलीले एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने विश्वास दिलाएका थिए ।

नेपालमा लगानी गर्न बेलायतलाई ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गर्नुभएको छ ।

नेपाल भ्रमणमा आउनुभएका रक्षा राज्यमन्त्री ल्यानकाष्टरसँग आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो शिष्टाचार भेटमा अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । जवाफमा ल्यानकाष्टरले हालैको निर्वाचनबाट नेपालमा वाम गठबन्धनले विजय हासिल गरेकामा बधाई दिँदै आफूहरु लगानी बढाउन सकारात्मक रहेको स्पष्ट पार्नुभएको भेटमा सहभागी एमाले नेता डा राजन भट्टराईले जानकारी दिनुभयो ।

राज्यमन्त्री ल्यानकाष्टरले बेलायती सेनामा काम गर्ने पूर्वगोर्खा सैनिकको निवृत्तिभरण सुविधाबारेमा गठित संयुक्त प्राविधिक टोलीले गरिरहेको प्रगतिबारे अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो । नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध स्थापना भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन ल्यानकाष्टरले आग्रह गर्नुभएको थियो ।

यस्तै बेलायती चार्टर एकाउन्टेन्स पढ्ने विद्यार्थीका लागि नेपालमा समकक्षताका लागि देखिएको समस्याबारे पहल गर्न राज्यमन्त्रीले आग्रह गर्नुभएको थियो । नयाँ सरकार गठन र वाम एकता प्रक्रियाबारेमा पनि ल्यानकाष्टरले चासो व्यक्त गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...