जनयुद्द दिवस ओलीले बहिस्कार गर्ने,पार्टी एकताको गाँठो फुकेको भने पनि एकता नहुने यस्तो तथ्य बाहिरियो



माओवादी केन्द्रले २३ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुँने भएका छन्।

माओवादी केन्द्रको भातृ संगठन वाइसिएलले ओलीलाई निमन्त्रण गरे पनि सहभागी नहुँने जानकारी ओलीले गराएका छन्। ओलीको सट्टा एमालेबाट उपाध्यक्ष बामदेव गौतमले कार्यक्रममा सहभागिता जनाउँने छन्।
एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले ओली कार्यक्रममा नजाने बताए।
नेकपा एमाले र माओवादीबीचको पार्टी एकता प्रक्रिया पछिल्लो एक महिना शंकैशंकामा गुज्रिएको छ ।
पार्टी एकता संयोजन समितिको बैठक राम्रोसँग बस्नै सकेन । नीति र संगठन कस्तो बनाउने भन्नका लागि गठन गर्ने भनिएको कार्यदल अहिलेसम्म बनेको छैन ।

दुई दिनअघि दुई पार्टीबिचको एकता भाँडिएको जस्तै गरी चर्चा भएको थियो । सोमबारदेखि पुनः एकाएक दुई दलबिच एकताको गाँठो फुकेको समाचार आएका छन् ।

दुवै पार्टीका शीर्ष नेताबीच एकीकृत पार्टीको नेतृत्व, वैचारिक विषय र सांगठनिक स्वरूपमा लगभग सहमति जुटेको दाबी गरिएको हो ।
त्यसो त दुई पार्टीबीच एकता गर्ने सैद्धान्तिक सहमति साढे ४ महिनाअघि नै भए पनि पछिल्लो एक महिनादेखि एकताको विषयमा प्रगति हुन सकेको थिएन ।
एकतामा सबैभन्दा ठूलो अड्को नेतृत्वको विषयमा देखिएको थियो ।

माओवादी केन्द्रले दुई कार्यकारी पद प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक आफूले पाउनु पर्ने अडान लिँदै आएको थियो ।
अर्कोतिर एमालेले कम्तिमा महाधिवेशनसम्म केपी शर्मा ओली नै प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनु पर्ने पक्षमा थियो ।

पछिल्ला केही हप्तादेखि महाधिवेशनसम्म एमालेले केपी ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने प्रस्ताव गर्दै आएको थियो ।
तर यसअघि प्रस्तुत गरिएको प्रस्तावले एकताको गाँठो नफुकेपछि दुबै पार्टी एक कदम पछि हटेर नेतृत्वको विषयमा सहमति जुटाएको बताइएको छ ।

महाधिवेशनसम्म केपी ओली र प्रचण्ड दुबैजना सहअध्यक्ष बन्नेगरी सहमति भएको बताइएको छ ।
त्यसैगरी प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति पनि भएको दाबी गरिएको छ ।

तर बाहिर भनिएजस्तो दुवै नेता सहअध्यक्ष बन्नका लागि तयार भइहालेको कुनै आधार भने छैन । दुई ठूला दलको अध्यक्ष भएर पार्टी चलाएका ओली र प्रचण्ड सहअध्यक्ष बन्न तयार भइहाले भनेर विश्वास गरिहाल्न पनि नसकिने अवस्था छ ।

पार्टी एकताका लागि जनस्तरबाटै दबाब आएपछि तत्कालका थामथुम पार्न मात्रै सहमति नजिक पुगेको भनेर प्रचार गरिएको कतिपयको आशंका छ ।

पछिल्ला केही दिनदेखि ओली र प्रचण्डबीच भएका छलफल र दुबै नेताले आ–आफ्ना पार्टीका शीर्ष नेताहरूसँग गरेको परामर्शका आधारमा प्रधानमन्त्री आलोपालो र पार्टीको सहअध्यक्षको अवधारणा सार्वजनिक गरिएको छ ।
पार्टी एकताका लागि अन्य पद, संगठनको व्यवस्थापन अझै चुनौति देखिएको छ ।

संगठनका सवाल दुबै पार्टीका केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिलाई समायोजन गरेर एउटै केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समिति बनाउने सहमति भएको दाबी गरिएको छ ।

तर, एकीकृत पार्टीका यी माथिल्ला कमिटीमा दुबै पार्टीका कतिकति नेताहरू रहने भन्नेबारे अझै टुङ्गो लागेको छैन ।
पार्टी एकताको अर्को प्रमुख मुद्दा वैचारिक दृष्टिकोणबारे पनि दुई नेताबीच सहमति जुटेको बताइएको छ । एमालेले अंगिकार गर्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवादबीच कसरी वैचारिक संश्लेषण गरेर जाने भन्ने दुई पार्टीबीच विवाद थियो ।

अहिलेलाई जवज र माओवाद दुबैलाई कायम राख्दै महाधिवेशनमा गएर वैचारिक संश्लेषण गर्ने सहमति पनि शीर्ष नेताहरुले गरेका छन् ।
तर दुवै विचारलाई समेटेर एउटा पार्टी बनाउन ठूलै चुनौति छ ।

बुधबार बस्ने संयोजन समितिको बैठकले बाँकी सबै विषयमा सहमति जुटाउने नेताहरूले बताएका छन् । तर यसअघि पटक पटक समितिको बैठक बस्ने भनेर स्थगित हुँदै आएको थियो । भोलीको बैठकले पनि टुङ्गो लगाइहाल्छ भनेर विश्वास गर्न सकिने ठाँउ छैन ।

नयाँ सरकार गठन गर्ने दिन नजिकिदै जाँदा हतारहतारमा पार्टी एकता हुनै लागेको सन्देश दुवै दलले दिने प्रयास गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले आवश्यकता अनुसार फड्को मार्छु भन्ने अभिव्यक्ति दिएपछि एमाले केही हच्किएर फकाउने प्रयासमा लागेको छ ।

एकताको खाका स्पष्ट नभएसम्म ओली नेतृत्वमा सरकारमै नजाने माओवादी नेताहरुले सार्वजनिक रुपमै भन्न थालेपछि एमाले पनि दबाबमा छ ।

तर माओवादीले चाहेजस्तो प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष दिन भने एमालेका कतिपय नेताहरु अझै तयार हुन सकेका छैनन् ।
अर्कोतिर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका महत्वपूर्ण पदमा भागबण्डा पनि मिलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका