नेपाल टेलिकमको नाफा ४३ करोड ५७ लाख रुपैयाँल घट्यो



हाम्रो इकोनोमि

नेपाल टेलिकमको नाफा गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष ४३ करोड ५७ लाख रुपैयाँले घटेको छ ।

कम्पनीले छ महिनामा ७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ।गत वर्षको यही अवधिमा ७ अर्ब ९१ करोड रुपैयाँ थियो। कम्पनीले विभिन्न सेवामार्फत १९ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्षमा यो आम्दानी २० अर्ब ६४ करोड रुपैयाँ थियो।

त्यस्तै अन्य आम्दानी दुर्इ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७५ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ। आम्दानीमा गिरावट आउँदा प्रतिशेयर आम्दानी ६ रुपैयाँले घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ९९ रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ पनि ६२५ रुपैयाँबाट ६०२ रुपैयाँमा घटेको छ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...