नेपाल टेलिकमको नाफा ४३ करोड ५७ लाख रुपैयाँल घट्यो



हाम्रो इकोनोमि

नेपाल टेलिकमको नाफा गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष ४३ करोड ५७ लाख रुपैयाँले घटेको छ ।

कम्पनीले छ महिनामा ७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ।गत वर्षको यही अवधिमा ७ अर्ब ९१ करोड रुपैयाँ थियो। कम्पनीले विभिन्न सेवामार्फत १९ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्षमा यो आम्दानी २० अर्ब ६४ करोड रुपैयाँ थियो।

त्यस्तै अन्य आम्दानी दुर्इ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७५ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ। आम्दानीमा गिरावट आउँदा प्रतिशेयर आम्दानी ६ रुपैयाँले घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ९९ रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ पनि ६२५ रुपैयाँबाट ६०२ रुपैयाँमा घटेको छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...