भोली एकताको विशेष घोषणा हुने,ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष बन्ने सहमति



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकिकृत पार्टीको अध्यक्ष बन्ने गरी छिट्टै पार्टी एकता गर्ने सहमति ओली–प्रचण्डबीच भएको छ।

सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको ओली–प्रचण्डबीच २ घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो।

यो सहमतीलाई लामो समय लिएको एमाले माओवादी पार्टी एकता प्रक्रियामा निर्णायक कदम मानिएको छ। सहमती अनुसार सबै कुरा अगाडि बढेमा एक दुई दिनभित्र, संभवतः मंगलबार नै एकता सम्बन्धमा विशेष घोषणा गर्न दुई अध्यक्ष सहमत भएका छन्।

अति विश्वस्त स्रोतका अनुसार अधिकारी निवासमा ब्रेकफाष्टसहित भएको वार्तामा भोलि एकपटक फेरि ‘वन टु वन’ कुराकानी गर्ने र अन्य नेताहरुको व्यवस्थापन सहित सहमति गर्न बाँकी अन्य विषयलाई पनि टुङ्ग्याउने सहमति दुई नेताबीच भएको छ।

‘रातभरिमा अन्य कुनै कुराले प्रभाव पारेन भने भोलि विशेष घोषणामार्फत् एकता सम्बन्धी महत्वपूर्ण निर्णय गर्ने सहमति पनि दुई नेताबीच भएको छ’ स्रोतले भन्यो, ‘त्यसपछि पर्सि बस्ने एकता संयोजन समितिको बैठकले दुई नेताबीचको सहमतिलाई औपचारिकता दिनेछ।’

यसैबीच एमाले नेता भीम रावलले ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको खुलाएका छन्।

स्रोतहरूका अनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्नेछन् भने दोस्रो चरणमा प्रचण्ड प्रधानमन्त्री र ओली अध्यक्ष बन्नेछन्। दुई दुई वर्षका लागि सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमती भएको जनाइएको छ।

निर्वाचनअघि एमाले र माओवादीबीच पार्टी एकता गर्ने घोषणा हुँदा नै पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने भद्र सहमती भएको रिपोर्ट  थियो।

निर्वाचनपछि फेरि एकीकृत पार्टीको अध्यक्षमा ओली र प्रचण्डबीच कुरा नमिल्दा एकता प्रक्रिया लम्बिएको विश्वास गरिएको थियो। जसलाई बारम्बार गोप्य भेटभाट गर्दै आएका दुवै अध्यक्षले चाहिँ अस्वीकार गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...