सातै प्रदेशमा मुख्यमन्त्रीको टुंगो लाग्यो,यी हुन सात भाग्यमानी मुख्यमन्त्रीका अनुहार



चुनावी परिणामअनुसार सातवटा प्रदेशमध्ये चारवटामा नेकपा एमाले, दुईवटामा माओवादी केन्द्र र एउटामा संघीय समाजवादी फोरमको नेतृत्वमा सरकार बन्दै छ ।

एमालेले एक, तीन, चार र पाँच नम्बर प्रदेशमा माओवादीसँगको सहकार्यका प्रदेश सरकारको नेतृत्व गर्दैछ । प्रदेश नम्बर ६ र ७ मा माओवादीले एमालेसँगको सहकार्यमा प्रदेश सरकार बनाउँनेछ ।

प्रदेश नम्बर दुईमा फोरमले रावपाको सहयोगमा सरकारको नेतृत्ग गर्दैछ ।
दोस्रो ठूलो दल नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउने गरी चुनाव जित्न सकेन ।

संघीय संरचनामा पहिलोपटक बनेका प्रादेशिक संरचनामा सात प्रदेशका मुख्यमन्त्री निश्चित भएका छन् ।
सातमध्ये प्रदेश ५ को मुख्यमन्त्री चयनको प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ ।

एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।

आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

संविधानको प्रावधान अनुसार बहुमतप्राप्त दलको संसदीय दलको नेता नै प्रदेशको मुख्यमन्त्री हुनेछन् ।
प्रदेश १ र ३ मा एमालेको एकल बहुमत भएका कारण पहिलो चरणमा नै सरकार गठन हुनेछ । प्रदेश १ मा एमालेका शेरधन राई र प्रदेश ३ मा डोरमणि पौडेल संसदीय दलको नेता चयन भएका छन् । संविधान अनुसार राई र पौडेल नै मुख्यमन्त्री हुनेछन् ।

प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाबीच भएको सहमति अनुसार फोरमका लालबाबु राउत मुख्यमन्त्री बन्ने निश्चित भएको छ । राउत संसदीय दलको नेता चयन भइसकेका छन् ।

वाम गठबन्धनको सहमति अनुसार प्रदेश ४ को मुख्यमन्त्री एमालेको भागमा परेको छ। तर, अहिलेसम्म संसदीय दलको नेता चयन भइसकेको छैन ।
प्रदेश ५ मा मुख्यमन्त्री चयनको प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ । प्रदेश ५ मा एमालेका शंकर पोखरेल संसदीय दलको नेतामा चयन भइसकेका छन् । पोखरेल मुख्यमन्त्रीको एकमात्र दाबेदार थिए। माओवादीको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नेछन् ।

प्रदेश ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भएका छन् । संविधान अनुसार शाही र भट्ट नै मुख्यमन्त्री हुनेछन् । शाही र भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री बन्नेछन् ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले भने कुनै पनि प्रदेशमा सरकार बनाउने छैन । अंकगणित र गठबन्धनका कारण कांग्रेस मुख्यमन्त्रीविहीन भएको हो ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका