कांग्रेसका कारण देशको अस्तित्व खतरामा परेको भन्दै ओलीले दाह्रा किटेर देउवालाई यतिसम्म भन्न भ्याए



हाम्रो इकोनोमि

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई कतैबाट तलमाथि पर्न नदिने बताएका छन्। ३७ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै उनले आफुले सारा जीवन लोकतन्त्रका लागि खर्चिएको बताए।

‘यहाँ हल्लाहरु चले तानाशाही आउँछ अब लोकतन्त्र सकिन्छ भनेर, लोकतन्त्र हामीलाई कसैले दिएको होइन यसैका लागि हामीले सारा जीवन खर्च गरेका छौं’, उनले भने,‘आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गर्ने काम लोकतन्त्र हो भन्ने भ्रम राख्नु हुँदैन, हामी लोकतन्त्रलाई कतैबाट तलमाथि पर्न दिँदैनौं।’

नेपाली कांग्रेसप्रति संकेत गर्दै ओलीले आफुले जे गरेपनि लोकतन्त्र हुन्छ भन्ने भ्रम पाल्नु नहुने बताए। ‘आफुले जे गरेपनि लोकतन्त्र हुन्छ भन्ने होइन, लोकतन्त्र दुनियाँले बुझ्ने हुनुपर्छ’, उनले भने।

यस्तै ओलीले आत्मगौरवको अनुभव नगर्ने देशको अस्तित्व खतरामा पर्ने बताए। ‘जुन देशले आत्मगौरव, आत्मसम्मान र स्वाभिमान अनुभुत गर्दैन त्यसको अस्तित्व खतरामा पर्छ’, उनले भने,‘जहाँको नागरिकलाई म यस देशको नागरिक हुँ भन्ने गर्व हुँदैन, जो आफ्नो इन्ट्रेस्ट खोल्न सक्दैन वा भन्न सक्दैन, आफ्नो स्वार्थ बचाउन सक्दैन वा प्राप्त गर्न सक्दैन त्यो सधैं खतरामा रहन्छ।’

अबको एजेण्डा विकास र समृद्धि भएको भन्दै निर्वाचन सम्पन्न भइसकेपछि राजनीतिक अधिकारको संघर्ष टुंगिएको बताए। विकास र समृद्धिका लागि प्रशासनिक ढिला सुस्ती अन्त्य गर्नुपर्ने भन्दै ओलीले भने,‘अन्त गएको भए उद्योग स्थापना भइसकेर कहाँ पुगिसक्थ्यो यहाँ फाइल नै अगाडि बढेन भन्ने गुनासोको अब अन्त्य हुन्छ।’

यता एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।

आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।
केहीबेरमा एमाले संसदीय दलको बैठक बसेर गुरुङलाई दलको नेता चयन गर्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...