ओलीलाई रोकेर प्रचण्ड प्रधानमन्त्री बन्न चलखेल गर्दै,प्रचण्डलाई तन्नम बनाउने गरी योगेशले दिए यस्तो दनक



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफै प्रधानमन्त्री बन्ने संकेत गरेपछि वाम गठबन्धनको प्रमुख दल एमालेमा खैलाबैला भएको छ। प्रचण्डको आफू देश र जनताको हित नहुने अवस्थामा जस्तो सुकै फड्‍को हान्‍न सक्ने अभिव्यक्ति दिएपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बेहाल बनाइदिने चेतावनी दिएका हुन्।

अध्यक्ष प्रचण्डले एमालेतिर संकेत गर्दै भने गृहजिल्ला चितवनमा ‘अहिले म जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ,’ भनेका थिए।

आफू अस्थित नभएर देश र जनताको हित नहुने अवस्थामा जस्तो सुकै फड्‍को हान्‍न हान्‍न सक्ने भन्दै प्रचण्डले ‘अहिले म जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ’ भनेपछि एमालेमा एकता पक्षधर तनावमा परेको स्रोतको भनाई छ।

त्यसैको प्रतिक्रिया स्वरुप सचिव भट्टराईले प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले अचानक फड्को हान्दा बीचैमा खसेर बेहाल हुनुपर्ने चेतावनी पनि दिएका छन् ।

‘‘अचानक फड्को हान्दा बीचैमा खसेर बेहाल पनि त हुन सकिन्छ नि कि कसो कमरेड ? फड्को, छलाङ, क्रमभंग, महाबिपत्ति जस्ता शब्दहरू उपन्यासकारतिर पन्छाइदिए राम्रो होला कि ?’ योगेशले ट्विटरमा लेखेका छन् ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषय अगाडि नबढेपछि प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा अहिले आफू जहाँ छु, देशको विकास र समृद्धिका लागि फड्को हान्न सक्ने बताएका थिए । उनको सो अभिव्यक्तिले एमाले ८ रेक्टर स्केलको भूकम्प गएको छ ।

प्रचण्डको सो भनाइपछि एमाले अध्यक्ष केपी ओलीले पार्टीका शीर्ष नेताको बैठक राखेका छन। आफ्नो निवास बालकोटमा झलनाथ खनाल, माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङसहितको बैठकमा ओलीले प्रचण्डले अध्यक्षबाहेक अरुमा त्यति रुचि नदेखाएकाले लामो लामो छलफलले पनि प्रगति लिन नसकेको ‘ब्रिफिङ’ गरेका थिए ।

साथै उनले प्रचण्डको मागका कारण पार्टी एकता गर्न कठिन भएको निष्कर्ष सुनाएका थिए । ओलीले निराशा व्यक्त गरेपछि एक पक्षधरले एकता गरेरै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...