ओलीलाई प्रधानमन्त्री हुन नदिन यस्तो खिचडी पाकेको खुल्यो तथ्य,फोरमका नेता भन्छन-कांग्रेस माओबादी र मधेसीको सरकार बन्छ



हाम्रो इकोनोमि

संघिय समाजवादी फोरम वाम गठबन्धनको सरकारमा सहभागि हुने चर्चा चलिरहेको छ । सरकारको नेतृत्व गर्न लागेका एमाले अध्यक्ष केपी ओलीले फोरममा अध्यक्ष उपेन्द्र यादवसँग सम्बन्ध बढाएर वार्ता पनि गरिरहेका छन् ।

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने केन्द्रिय सरकारमा सहभागि हुने सम्भावना ज्यादै न्युन रहेको बताएका छन् । “हामी प्रतिपक्षमा रहने सम्भावना बढि छ । किनभने हाम्रा माग मुद्दाका सन्दर्भमा एमालेले आजसम्म पनि स्पष्ट जवाफ दिन सकेको छैन ।” श्रेष्ठले भने ।

एमालेले आफूलाई मात्रै जनमत प्राप्त भएको भन्ठानेर एकलौटी तरिकाले देश चलाउन खोज्यो भने दुर्घटना हुने चेतावनी श्रेष्ठले दिए ।संघियतालाई पहिचान, अधिकार र समृद्धिलाई एकसाथ अगाडि बढाउने सन्दर्भमा एमालेले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाब श्रेष्ठको छ ।

वैचारिक रुपमा माओवादी केन्द्रसँग सामिप्यता भए पनि एमाले आफ्नै हठमा कायम रहेको उनको भनाई छ ।
एमालेले हिजोको जस्तै एकल जातिय राष्ट्रवादको कुरा गरेर देशलाई जातिवादी र नश्लवादी ढंगले अगाडि बढाउन खोज्यो भने मुठभेड हुने चेतावनी श्रेष्ठले दिएका छन् ।
“अबका दिनमा संविधानलाई दिपावली गर्ने र जलाउने पक्षबिचको मुठभेड अन्त्य गर्नुपर्छ । यसले निकास पाउनुपर्छ ।” उनले भने ।

संविधान संशोधन गरेर नयाँ ढंगले अगाडि बढ्ने कुरामा सुनिश्चित भएको खण्डमा आफूहरु सरकारमा जान सक्ने श्रेष्ठले बताए ।एमाले र माओवादीबिच एकता हुनुपर्नेमा जोड दिदै श्रेष्ठले स्थिर सरकार दिनुपर्ने बताए । “पार्टी एकता भएन भन जनताको लागि धोका हुन्छ । यस्तो अवस्थामा एमाले र माओवादीबिच सरकार पनि बन्दैन ।” श्रेष्ठले भने ।

दुई दलको बिचा एकता पनि नहुने र संयुक्त सरकार पनि नबन्ने अवस्था आयो भने आफूहरले विकल्प दिन सक्ने श्रेष्ठको भनाई छ ।माग र मुद्दाहरु मिल्नेको बिचमा प्राकृतिक गठबन्धन गरेर सरकार बनाउन आफूहरु तयार रहेको उनको भनाई थियो ।

“माओवादी केन्द्र, फोरम, नेपाली कांग्रेस, राजपा लगायतका दलहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था आउन सक्छ ।” उनले भने ।संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर प्रदेश नम्बर २ मा सरकार बनाउने विषयमा सहमति भएको छ ।

श्रेष्ठले प्रदेशको मुख्यमन्त्री फोरमका नेता लालबाबु राउत नै बन्ने जिकिर गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै श्रेष्ठले फोरमका तर्फबाट मुख्यमन्त्री र राजपाका तर्फबाट सभामुख बनाउने सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...