अख्तियारमा प्रमुख नियुक्त गर्ने देउवाको दाउ,देउवा सरकारको उपहार कर्णालीमा दैनिक १४ घन्टा अन्धकार



हाम्रो इकोनोमि

नेपाल समाचारपत्र दैनिकमै प्रधानमन्त्री शेरबहादुर देउवा रिक्त हुन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त गर्ने दाउमा लागेको समाचार छ ।

समाचार अनुसार प्रधानमन्त्री देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको नियुक्ति गर्ने गृहकार्यमा जुटेका छन् । आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

प्रधानमन्त्री देउवा आफूनिकट व्यक्तिलाई अख्तियार प्रमुख बनाउने खेलमा लागेको कांग्रेसकै एक नेताको हवाला दिँदै समाचारपत्रले खबर लेखेको छ । नेपाल समाचारपत्र

संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ । मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले यहाँ लोडसेडिङ भइरहेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ भइरहेको छ ।

डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन बिराएर अँध्यारोमा बस्न बाध्य छन् । त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई घन्टा लोडसेडिङ हुँदै आएको छ । स्थानीय बासिन्दा राज्यको बेवास्ताले अँध्यारोमा बस्नुपरेको बताउँछन् ।

यस क्षेत्रमा २.४ मेगावाट विद्युत् उत्पादन भए पनि मौसमका कारण उत्पादन क्षमतामा घटबढ भइरहन्छ । हिउँ पर्ने समयमा पानीको बहाव कम हुने भएकाले विद्युत् उत्पादनमा कमी आउने गरेको साना जलविद्युत् आयोजनाहरूले जनाएका छन् । त्यस्तै, पुराना उपकरण मर्मतसम्भार तथा फेर्न नसकिएकाले पनि क्षमताअनुसार विद्युत् उत्पादन नहुने गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...