अख्तियारमा प्रमुख नियुक्त गर्ने देउवाको दाउ,देउवा सरकारको उपहार कर्णालीमा दैनिक १४ घन्टा अन्धकार



हाम्रो इकोनोमि

नेपाल समाचारपत्र दैनिकमै प्रधानमन्त्री शेरबहादुर देउवा रिक्त हुन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त गर्ने दाउमा लागेको समाचार छ ।

समाचार अनुसार प्रधानमन्त्री देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको नियुक्ति गर्ने गृहकार्यमा जुटेका छन् । आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

प्रधानमन्त्री देउवा आफूनिकट व्यक्तिलाई अख्तियार प्रमुख बनाउने खेलमा लागेको कांग्रेसकै एक नेताको हवाला दिँदै समाचारपत्रले खबर लेखेको छ । नेपाल समाचारपत्र

संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ । मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले यहाँ लोडसेडिङ भइरहेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ भइरहेको छ ।

डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन बिराएर अँध्यारोमा बस्न बाध्य छन् । त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई घन्टा लोडसेडिङ हुँदै आएको छ । स्थानीय बासिन्दा राज्यको बेवास्ताले अँध्यारोमा बस्नुपरेको बताउँछन् ।

यस क्षेत्रमा २.४ मेगावाट विद्युत् उत्पादन भए पनि मौसमका कारण उत्पादन क्षमतामा घटबढ भइरहन्छ । हिउँ पर्ने समयमा पानीको बहाव कम हुने भएकाले विद्युत् उत्पादनमा कमी आउने गरेको साना जलविद्युत् आयोजनाहरूले जनाएका छन् । त्यस्तै, पुराना उपकरण मर्मतसम्भार तथा फेर्न नसकिएकाले पनि क्षमताअनुसार विद्युत् उत्पादन नहुने गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...