ओलीलाई सिध्याउन तीन भाई मिलेर यस्तो बनाए योजना,मुटु गाठो पर्ने गरी प्रचण्डले ओली माथी गरे यस्तो हमला



हाम्रो इकोनोमि

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै बरिष्ठ नेताद्धय झलना खनाल र माधव कुमार नेपालसहित उपाध्यक्ष वामदेव गौतमले ओलीविरुद्ध मोर्चावन्दी गर्ने खुलासा भएको छ ।

अध्यक्ष ओलीले प्रदेश सभाको मुख्यमन्त्री चयनदेखि सभामुख चयनसम्म गुटबन्दी गरेको र एकलौटी ढंगले अघि बढेको भन्दै अब केन्द्रिय सरकार गठनमा मन्त्रीहरुमा भाग खोज्ने तीन नेताहरुको तयारी रहेको छ ।

माओवादी केन्द्रसँगको एकताको तयारीमा जुटेको एमालेभित्र यस्तो हुनु गलत भएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार अध्यक्ष ओलीले यस्तै गरिरहे राम्रो नहुने भन्दै बरिष्ठ नेता खनाल र नेपालसँगै उपाध्यक्ष गौतमले मोर्चावन्दी कस्ने भएका हुन् ।
नेकपा एमालेले आज स्थायी समिति बैठक बोलाएको छ । नयाँ सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको एमालेको स्थायी समिति बैठकको छलफल पनि नयाँ सरकारमै केन्द्रित हुने बताइएको छ ।

माओवादीसँग मिलेर सरकार बनाउन लागेको एमालेले मन्त्रालयको भागबण्डाका विषयमा छलफल गर्न लागेको हो । त्यसैगरी आफ्नो दलबाट कसकसलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

माओवादीसँग पार्टी एकता गर्न लागेको अवस्थामा त्यस विषयमा पनि छलफल गर्ने छ । नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्ने दाबी गर्दै आएको एमालेलाईव एकताको विषयमा दबाब बढिरहेको छ ।

एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष दिन नमानेका कारण एकता हुन नसकेको आरोप कतिपयले लगाएका छन् ।
आजको बैठकमा प्रतिनिधिसभातर्फ समानुपातिकमा कसकसलाई पठाउने भन्ने अन्तिम नामावली टुङ्गो लगाउने विषयमा पनि छलफल गर्नेछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग पार्टी एकता हुनेमा विश्वस्त हुन सकेका छैनन् । ओलीसँगको भेटवार्तामा उनले ओलीलाई बाहिरै बसेर सहयोग गर्ने वचनबद्धता जनाएका हुन्।

ओली निवास बालकोटमा भएको वान–टु–वान भेटवार्तामा प्रचण्डले तत्काल पार्टी एकता हुने संभावना नदेखेपछि ओलीलाई बाहिरै बसेर सहयोग गर्ने बताए । स्रोतका अनुसार प्रचण्डले यस्तो प्रस्ताव गरेपछि ओली भने झस्किएका छन् ।

प्रचण्ड निकट उच्च स्रोतले भन्यो,‘तत्काल एमालेसँग एकताको सुनिश्चितता् नदेखेपछि, प्रचण्डले बाहिर बसेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो, उहाँले ओलीजीलाई प्रधानमन्त्री बन्नुहोस् म सहयोग र समर्थन गर्छु भन्नुभएको छ।’

आजको भेटसँगै ओलीले एकताबारे गम्भिर निर्णय लिने बताउँदै भोलि एकता संयोजन समितिको बैठक डाक्ने प्रचण्डसँग सहमति गरे । सोही अनुसार भोलि एकता संयोजन समितिको बैठक बस्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...