शेयरमा लगानी गर्दैहुनुहुन्छ यदी हो भने ९ कम्पनीको आक्रामक हकप्रद सेयर निष्काशन हुदैछ(हेर्नुहोस सूचीसहित)



हाम्रो इकोनोमि

पुँजी वृद्धिका लागि बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने क्रम जारी रहेको छ। कतिपय बैंक तथा वित्तीय संस्था हकप्रद निष्काशनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा छन् भने कतिपय हकप्रद बिक्रीको प्रक्रियामा छन्।
यसै क्रममा यी ९ बैंक तथा वित्तीय संस्थाहरुको हकप्रद सेयर निष्काशन गरिरहेका छन्।

सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले पुस १७ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ। बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। हकप्रदमा मंसिर २६ गतेसम्म कायम सेयरधनीले माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। बैंकले १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद निष्काशन गरेको हो।

सेन्ट्रल फाइनान्स लिमिटेड
सेन्ट्रल फाइनान्सले पुस २३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ।

फाइनान्सले २६ लाख ३ हजार कित्ता सेयर निष्काशन गरेको हो। हकप्रदमा पुस ३ गतेसम्म कायम शेयरधनीले माघ २८ गतेसम्म आवेदन दिन सक्नेछन्। फाइनान्सको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केटस् रहेको छ।

पोखरा फाइनान्स लिमिटेड
पोखरा फाइनान्सले पुस ३० गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ। कम्पनीले चुक्ता पुजीको १५ प्रतिशत अर्थात् ९ लाख ८३ हजार ६८२ कित्ता सेयर निष्काशन गरेको हो। कम्पनीको हकप्रदमा पुस १३ गतेसम्म कायम सेयरधनीले फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल लिमिटेड रहेको छ।

ग्रिन डेभलपमेन्ट बैंक
यस बैंकले १ बराबर ४ को अनुपातमा माघ २ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ।

बैंकले ४० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो। हकप्रद सेयरमा पुस १६ गतेदेखि कायम सेयरधनीले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

प्रभु बैंक लिमिटेड
प्रभुले ४० प्रतिसत हकप्रद शेयर माघ ७ गतेदेखि निष्काशन गरेको छ। प्रभुले २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।

बैंकको हकप्रदमा पुस २० गतेसम्म कायम सेयरधनीले फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन्। बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कर्णाली विकास बैंक
कर्णाली विकास बैंकले १ बराबर २.२५ अनुपातमा हकप्रद सेयर माघ ११ गतेदेखि निष्काशन गरेको छ। बैंकको हकप्रदमा पुस १९ गतेसम्म कायम सेयरधनीले फागुन १६ गतेसम्म सेयरमा आवेदन दिन सक्नेछन्।

बैंकले ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंक लिमिटेडले माघ ११ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ। बैंकले १० बराबर १ को अनुपातमा २० लाख ८ हजार ८७८.२० कित्ता सेयर बिक्री खुलाएको हो। हकप्रदमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ। बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी
कम्पनीले माघ १५ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ। कम्पनीले १० बराबर ८ दशमलव ३ कित्ता अनुपातमा २८ लाख ६८ हजार २ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।

कम्पनीको हकप्रदमा पुस २९ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले फागुन २० गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ।

कामना सेवा विकास बैंक
बैंकले माघ १५ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ। बैंकले १० बराबर १.५ अनुपातमा ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद निष्काशन गरेको हो। बैंकले निष्काशन गर्न लागेको उक्त हकप्रद सेयरमा माघ २ गतेसम्म कायम लगानीकर्ताले फागुन २० गतेसम्म आवेदन दिन सक्नेछन्।

बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ।

नेको र एसियन तयारीमा
नेको इन्स्योरेन्स कम्पनी : नेको इन्सयोरेन्स कम्पनीको ५० प्रतिशत हकप्रद सेयर माघ २६ गतेदेखि निष्काशन हुने भएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। हकप्रदमा माघ ९ गतेसम्म कायम सेयरधनीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यपिटल लिमिटेड रहेको छ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनी : एसियन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। हकप्रद सेयरमा माघ ७ गतेसम्म कायम सेयरधनीले चैत १८ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...