फेरि अर्को डरलाग्दो हर्कत मुख थुनेर वालिकाको बलात्कार,बाबु र दाजुले बलात्कारी भगाए



हाम्रो इकोनोमि

सिरहा जिल्लाको सिरहा नगरपालिकाकी ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कारको घटना गाउँमै मिलाउने प्रयत्न गरेपनि रक्तश्राव नरोकिएर अवस्था गम्भिर भएर अस्पताल ल्याएपछि मात्र तीन दिनपछि घटना सार्वजनिक भएको हो ।

घर नजिकै रहेको गोठमा बस्तुभाउलाई पराल हाल्न गएकी बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन् ।
बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको थियो ।

िसरहा अस्पतालमा उपचार गर्दा पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि लहान पठाइएको सिरहा अस्पतालले जनाएको छ ।
बालिकाको लहानमा उपचार जारी रहेपनि रक्तश्राव नरोकिएको परिवारजनले जनाएको छ ।

उपचारमा रहेकी बालिकाको कुरुवा बसेका आफन्तले भने ‘बोल्न समेत अप्ठ्यारो छ, चिकित्कसकले पनि नबोल्न भनेका छन् ।’
पीडित परिवारका अनुसार आरोपी युवकले मदिरा सेवन गरेर बलात्कार गरेका हुन् । आरोपी ठाकुर फरार रहेकाले पक्राउ पर्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार बलात्कारमा संलग्न ठाकुर फरार रहेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

‘पीडित परिवार बालिकाको उपचारमा लागेकाले किटानी जाहेरी पनि परेको छैन’ प्रहरी उपरीक्षक कोइरालाले भने ‘जाहेरी परेपछि फरार रहेका ठाकुर विरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रकृया अगाडि बढाउने छौं ।’
‘घटनाको सूचना पाए लगत्तै ठाकुरलाई पक्राउ गर्न प्रहरी टोली पुग्नु अगावै बाबु रामलखन ठाकुर र दाजु जमिन ठाकुरले भगाएछन्’ प्रहरी उपरीक्षक कोइरालाले भने ‘मुख्य आरोपी फरार गराइएपछि तत्काल अनुसन्धानका लागि मतियारको काम गर्ने बाबु र दाजुलाई नियन्त्रणमा लिएका छौं ।’

उता सुनसरीको इनरुवामा शुक्रबार राती मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुम्वर आफैँले चलाएको को ३० प २९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई इनरुवा–९ बबियामा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...