छोरीको बिहे टुंग्याउन घर गएका सिँचाइ सचिवको शव फेला, दुई जना अझै भेटिएनन्



हाम्रो इकोनोमि

त्रिशूली नदीमा जिपसहित हराएकामध्ये एक जनाको शव फेला परेको छ।
नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवसहित चढेको बा २ झ ३१४० नं को जिप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज बिहान दुर्घटनामा परेको थियो। हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ।

सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो। बेपत्ता भएका उनका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन्। जिपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिए।

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जिपमा मन्त्रालयका सचिव यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए। चालक निराजन यादव भने घाइते भएका छन्। अरु बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए।

घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुलीमा खस्दा २ जना बेपत्ता भएका छन्। सिँचाइ सचिव यादवको शव फेला परेको छ

शनिबार बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो।

उनको शव ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ। उद्दारमा संलग्न प्रहरीका अनुसार जिप सचिव यादवले नै चलाएको देखिएको छ। यसअघि सचिवका ड्राइभरले पनि जिप सचिव यादवले नै चलाएका बताएका थिए। गोताखोरले उक्त जिप १५ मिटर गहिराइमा पत्ता लगाएको बताइएको छ।

सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि थिए। उनीहरुसँगै वेपत्ता अर्की एक जना किशोरीको नाम खुल्न सकेको छैन।

छोरीको बिहेको टुंगो लगाउन घर कपिलवस्तु गएर काठमाडौँ फर्कैदै गरेका यादव दुर्घटनामा परेका हुन्। उनी छोरी रञ्जनाको बिहेको कुरो छिनेर छोरा सहित काठमाडौँ फर्किएका थिए।

उक्त जिपका चालक निरन्जन यादव भने घाइते अवस्थामा फेला परेका छन्।

दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दर गरेका थिए।

चालक यादवलाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...