राष्ट्रियसभामा तीन जना सिफारिस, मन्त्रीलाई ५० लाख उपचार खर्च



हाम्रो इकोनोमि

सरकारले राष्ट्रियसभा सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेको समाचार छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले झापाका गोपालकुमार बस्नेत, काठमाडौंकी चाँदनी जोशी र स्याङ्जाका कृष्णप्रसाद पौडेललाई सिफारिस गरेको समाचारमा उल्लेख छ ।

सिफारिसमा परेका बस्नेत कांग्रेस विभाजित शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकको झापा जिल्ला सभापति थिए ।

यस्तै, जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् ।

५९ सदस्यीय राष्ट्रिय सभाकालागि निर्वाचनबाट हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना चुनिन्छन् भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

यसैगरी मन्त्रिपरिषद बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको समाचारमा उल्लेख छ । अन्नपूर्ण पोष्ट दैनिक

प्रदेश सांसदलाई किस्तामा घडेरी

प्रदेश ३ का सांसदहरुलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले किस्तामा घडेरी उपलब्ध गराउने निर्णय गरेको समाचार छ ।

हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको समाचारमा उल्लेख छ ।

उपमहानगरका मेयर हरिबहादुर महतको प्रस्तावमा सांसदहरुलाई घडेरी दिने निर्णय भएको हो । हेटौंडा-८, कमानेमा रहेको सात बिघा जग्गामध्ये प्रदेश सांसदहरुलाई सहुलियत दरमा घडेरी दिने निर्णय भएको छ ।

यस्तो सुविधा मकवानपुरका ६ जना प्रदेश सांसदलाई भने दिइने छैन । मकवानपुरबाहेकका प्रदेश सांसदहरुलाई दश धुर -आधा कठ्ठा)को दरले घडेरी दिइने मेयर महतले जानकारी दिएका छन् । यस्तै प्रदेश सांसदहरुलाई बस्न सरकारी जग्गामा बनेका घर उपलब्ध गराइने छ ।नेपाल समाचार पत्र दैनिक

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...