राष्ट्रपतिमा बिद्यालाई निरन्तरता दिदै माओबादीका दिनानाथको टोली समेटेर सरकार बनाउने यस्तो छ ओलीको प्लान



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू नेतृत्वको सरकार बनाउने आन्तरिक गृहकार्यमा जुटेका छन् । स्रोतका अनुसार माओवादी केन्द्रसँग तत्काल एकता नहुने भएपनि माओवादीलाई पनि साथमै लिएर सरकार बनाउनेगरि ओलीले आफू निकट नेताहरुसँग आजबाट परामर्श थालेका छन् ।

ओलीले मन्त्रिमण्डल विस्तारमा एमाले–माओवादीवीच ६५–३५ को अनुपातमा भागबण्डा मिलाउने संकेत समेत गरेका छन् । तर, माओवादीले ४० प्रतिशत माँगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वान–टु–वान भेटवार्तामा समेत मन्त्रिमण्डल विस्तारबारे केन्द्रित रहेर छलफल भएका थिए ।

ओलीले एमालेको भागमा राष्ट्रपति पनि पर्ने भएकोले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने तयारी थालेका छन् । यसको लागि उनले प्रचण्डलाई समेत कन्भिन्स गराईसकेका छन् । केही दिन पहिले ओली र प्रचण्डले राष्ट्रपति भण्डारीसँग डिनर खाएका थिए ।

यता माओवादीको भागमा पर्ने भनिएको सभामुखमा ओनसरी घर्तीमगरलाई नै अघि सार्ने प्रचण्डको तयारी छ । उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने वाम गठबन्धनभित्र आन्तरिक सहमति भएको छ ।

माओवादी केन्द्रबाट दिनानाथ शर्माको नेतृत्वमा सरकारमा मन्त्रीहरुले सहभागिता जनाउने भए।

फागुन ६ गते नयाँ सरकार बन्ने प्रचण्डको घोषणा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी फागुन ६ गते नयाँ सरकार बन्ने बताएका छन् ।

शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले फागुन ५ गतेभित्र निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै परिणाम राष्ट्रपतिसमक्ष बुझाइसक्ने भएकाले फागुन ६ मै नयाँ सरकार बन्ने सम्भावना रहेको बताए ।

अध्यक्ष दाहालले पदको भागबन्डाले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा ढिलाइ नभएको दाबी गर्दै एकताको ‘मोडालिटी’को अन्तिम रुपबारे छलफल चलिरहेको बताए । ‘पार्टी एकताबारेमा कुन नेताले के भन्छ भन्ने तर्फ नलाग्नोस्’–विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला चितवन आएका उनले भने–‘अरु नेताले के भन्छन् भन्ने कुरा छाड्नोस् ।’

पार्टी एकता प्रक्रिया गठबन्धन गरेजस्तो सहज नभएको भन्दै उनले पार्टी एकता सकारात्मक दिशामा अघि बढिरहेको जिकिर गरे । ‘पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकतामा ढिलाइ भएको हो ?’ भन्ने जिज्ञासामा अध्यक्ष दाहालले भने–‘केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि सबै पद पाएको छु । पदको समस्या छैन ।’

एमालेले पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति सबै पद मागेको भनेर गरिएको प्रचार गलत भएको दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...