शेरबहादुरलाई सेर्न गच्छदारले जन्माए नयाँ गुट,कांग्रेसलाई ध्वस्त पार्ने यस्तो बाहिरियो गुदी कुरा



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा तीन तहको निर्वाचन सम्पन्न गर्नु भएको छ । आफू प्रम र सभापति भए्रका बेला गराएको निर्वाचनमा कांग्रेसलाई इतिहासकै लज्जास्पद हारको भारी बोकाए पनि देउवाले आफ्नो संवैधानिक जिम्मेवारी भने पूरा गर्नुएको हो ।

उहाँले कांग्रेसलाई रसातलमा पुर्याएकै भए पनि कम्युनिष्टहरुलाई दीर्घकालीन सत्ता यात्राका लागि मार्गप्रशस्त गराइदिनु भएको छ । इतिहासमै बेथिति र निर्लज्जताको पराकाष्ठा कायम गरेर सत्ता चलाएकै कारणले पार्टी रसातलमा पुगेको कुनै दुईमत छैन ।

तर आफू सरकारमा भएकै बेला मुलुकको राजनीतिदेखि न्यायालयसम्मको घिनलाग्दो आवरण पनि सबैले देख्न पाउने अवसर उहाँले नै जुराइ दिनुभयो । त्यतिमात्र होइन–आफूलाई लोकतन्त्रको ठेकेदार ठान्ने उहाँले गरेको अलोकतान्त्रिक व्यवहार, चरित्र र निर्णयका कारण आगामी दिनमा बामहरुले लाद्ने सर्वसत्तावादलाई आलोचना गर्ने हैसियतसम्म पनि दलका लागि जीवित छोडाउनु भएको छैन ।

आफ्नै श्रीमतीमार्फत सत्तामा गरिएको निर्लज्ज हस्क्षेपले उहाँलाई लाज नलागे पनि आफूलाई कांग्रेसी र शुभचिन्तक हुँ भन्नेलाई भने कुरिकुरी लगाइदियो । जेसुकै भए पनि देउवाले संघीयता स्थापनाको मानक संविधानलाई कार्यान्वयन गराउन संविधानले तोकेको सीमाभित्र स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराउनु पनि एउटा ठूलै पुरुषार्थ भएको छ, अहिले ।

आफूले नजिते धाँधली भएको आरोप लगाएर परिणाम नै नस्वीकार्ने कम्युनिष्ट प्रवृत्तिका अघिल्लो तिर भने कांग्रेसले आफ्नो हारलाई सहर्ष स्वीकारेर मुलुकलाई हार्ने बाटोमा धकेल्न दिएन । एउटा प्रजातान्त्रिक शैली भने प्रदर्शन यो दलले गरेको छ ।

उसो त परिणाम आइसकेपछि पनि हार स्वीकार्दै राजीनामा दिने संस्कारलाई भने देउवाले देखाउन सकेनन् । बरु सत्तामा टाँस्सिएर भए पनि देउवाले दलका पक्षमा दुईटा काम गरेका छन् । राष्ट्रिय सभामा एकल संक्रमणीय पद्धतिबाट निर्वाचन गराएर १३ स्थानमा आफ्नो मान्छेलाई पुर्याउनु र एमाले–माकेबीच चाँडो एकता हुन नदिएर समय घर्काएर विवादको बिउ रोप्नु एउटा विपक्षी दलका रुपमा गरिएको काम मान्न सकिन्छ ।

तर दलका निकायलाई अकर्मण्य बनाउनु, दलभित्र बृहत्तर छलफल चलाएर देश र जनताको हित हुने निर्णय गर्नेभन्दा पनि आफूले जे भन्छु त्यही ठीक भन्ने निरंकुश शैली देखाउन उहाँ चुक्नु भएको छैन । संगठन धराशायी बनाउँदै आफू र आफ्ना आसेपासेलाई राज्यको ढुकुटीमा ब्रह्मलुट मच्चाउन दिनु पनि उहाँका उपलब्धि हुन् ।

अर्कातर्फ पहिलो पटक भएको प्रदेश निर्वाचनमा कांग्रेसमुक्त बनाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सर्वत्र कम्युनिष्टको झण्डा हल्लँदा आफूलाई तराईवासीका मसिहाका रुपमा देखाउन मधेशी र भारतीय सत्ताधारीको निकट देखाएको कांग्रेस स्वयं २ नम्बर प्रदेशमा चौथो दलमा खुम्चिनुले कांग्रेसको नीति र नेतृत्वप्रति ठूलो झापड मिलेको छ । यो भन्दा ठूलो उपहार कांग्रेसका नेता देउवाका लागि के नै होला र ?

विमलेन्द्र निधिलाई काँधमा चढाएर अघि बढ्दाको परिणाम भएको स्वयं कांग्रेस दलका नेताहरु नै पनि बताउँछन् । देउवाको कांग्रेस सकाउने कार्यशैलीमा साक्षी किनाराको सदर गर्ने महामन्त्री शशांक कोइरालाको शैली पनि निकै आलोच्य बनेको छ ।

नयाँ गुट जन्माउँदै गच्छदार
निर्वाचनअघि मात्रै फोरम लोकतान्त्रिक दलसहित कांग्रेसमा प्रवेश गर्नुभएका उपप्रधानमन्त्री विजय गच्छदार कांग्रेसभित्रै नयाँ गुटको खेतीमा सक्रिय देखिनुभएको छ ।

उपसभापति पदको आशासहित कांग्रेस प्रवेश गर्नुभउका गच्छदारलाई कांग्रेस सभापति शेरबहादुर देउवा आश्वस्त पार्नुभए पनि कांग्रेसले संघीयतालगायत प्रदेश संसद्मा नराम्रोसँग पराजय व्यहोरेपछि दलभित्र आफैं कमजोर अवस्थामा आइपुगेपछि उपसभापति बन्ने गच्छदारको सपना यतिबेला धरापमा परेको छ ।

दलभित्र देउवा कमजोर हुनाले आफू उपसभापति बन्ने सम्भावना क्षीण हुँदै गएपछि गच्छदार यतिबेला कांग्रेसभित्रै आफ्ना पुराना सहयोगीको घरदैलो कार्यक्रममा मोरङ र सुनसरीमा गत सातादेखि व्यस्त हुनुहुन्छ ।

मोरङ अनि सुनसरीमा कोइराला र देउवा खेमाद्वारा प्रताडित कांग्रेसलाई बटुलेर पुनः नेतृत्वमा पुग्ने योजनामा रहनुभएका गच्छदारले आफ्नो भागमा परेको भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई पूरापूर उपयोग गर्नुभएको छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले हालै ३२ वटा जिल्लामा गठन गरेको व्यवस्थित बसोबास समितिमा अधिकांशमा देउवा र कोइराला खेमामा अठाउन नसकेका कांग्रेस नेतालाई नियुक्ति गरेर उहाँले आफ्नो अभियानको श्रीगणेश गर्नुभएको छ । यो समिति सरकारले गठन गर्ने अन्य समितिभन्दा कमाइका हिसाबले उत्तम मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...