हिन्दु बाहुल्य प्रदेशमा मुस्लिमलाई मुख्यमन्त्री बनाए उपेन्द्र यादव बिरुद्द जेहाद छेड्ने हिन्दुबादीले दिए चेतावनी



हाम्रो इकोनोमि

विश्वहिन्दु परिषद् नेपाल, प्रदेश नम्बर दुईले उक्त प्रदेशमा मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाए कडा आन्दोलन छेड्ने चेतावनी दिएको छ ।

विश्वहिन्दु परिषद नेपाल, प्रदेश नम्बर दुईले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परिषदका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ कलाकार टिका पहारीले मुुलुक धर्म परिर्वतनको महाजालमा फसेको आरोप लगाए ।

उनले भने,‘हाम्रो मुलुकलाई जब धर्मनिरपेक्षराष्ट्र घोषणा गर्ने काम भयो त्यसपछि विदेशी शक्तिहरुले खेल्न थाले, राष्ट्रियतामाथि आक्रमण गर्नुछ भने पहिले त्यस देशको धर्ममाथि जाईलाग्नुपर्छ भन्ने मान्यताकासाथ योजनाबद्धरुपमा लागेका छन् यस गैर–कानुनी कार्यको अन्त्य गर्न सरकारले सकेको छैन्।’

अध्यक्ष पहारीले अघि थपे,‘हाम्रो देशमा धर्मपरिवर्तन समस्या बनेको छ, यसको तत्काल उपचार हुनुपर्छ, भारत, बंगलादेशका ईस्लामिक नागरिकले नेपालबाट नागरिकता लिने गरेका छन्, राज्यले दिनेकाम गरेको छ, प्रदेश नम्बर २ मा बहुसंख्यक रुपमा रहेका हिन्दुहरुमाथि कुठाराघात गर्दै संघीय समाजवादी फोरमले मुस्लिम नागरिकलाई मूख्यमन्त्री बनाउने निर्णय गरेको छ, तत्काल यो निर्णय फिर्ता नलिए कडा आन्दोलन हुन्छ।’
त्यस्तै परिषदको प्रदेश नम्बर २ का संयोजक विनय यादवले संघीय समाजवादी फोरमले हिन्दुहरुलाई अन्यायमा पार्ने खालको निर्णय गरेकोमा आपत्ति प्रकट गरे ।

उनले भने,‘प्रदेश नम्बर २ हिन्दुधर्मको केन्द्र भाग हो, यस प्रदेशमा अधिकांश हिन्दुहरुको बसोवास छ, अधिकांश हिन्दुवादी नेताहरु छन्, नेतृत्व लिन नसक्ने जस्तोगरि गैर–हिन्दुलाई ल्याएर हिन्दुहरुमाथि शासन गराउने कुरा हामी मान्न सक्दैनौं ।’

उनले भने,‘उपेन्द्र यादवले हिन्दुहरुको मतको आधारमा पार्टीलाई शक्तिशाली बनाएका हुन तर त्यही मतलाई कदर गर्न सकेनन्, हामी आग्रह गर्दछौँ, प्रदेश नम्बर २ मा हिन्दुधर्मवालम्बी जो भएपनि मूख्यमन्त्री बनाउनुहोस् होईन भने तपाईको पार्टीका बिरुद्धमा हामी सडकमा ओर्लिनेछौं, अनि आगामी पाँच वर्षपछि तपाईको पार्टीको आकार कहाँ हुन्छ त्यतिबेला थाहा हुनेछ।’

उनले अघि थपे,‘धर्म परिर्वतनले उग्र रुप लिएको बेलामा फोरमले यस्तो निर्णय गर्नु महा गल्ती हो, मधेशमा तुष्टिकरण र पेट्रो डलरको प्रलोभनमा परेर यस्तो निर्णण गर्नु उपेन्द्र यादवको गल्ति हो।’

उनले भने,‘जनकको भूमि, गढिमाईको मन्दिर (सिम्रौनगढ) ईतिहास, विन्धवासीनि माईको महत्व, छिन्नमस्ता माईको महत्व लगायतको धार्मिक तथा पर्यकटकीय स्थलको उर्वर भूमिमा ईस्लामिक धर्मवालम्बिलाई मूख्यमन्त्री मान्न सक्दैनौं

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य

    ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई...

२० अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २०. २७ अंक घटेको...

प्रधानमन्त्रीले माफी नमागेसम्म एमालेले सदन चल्न नदिने

    नेकपा एमालेकी संसदीय दलको उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले सदनमा आएर माफी...

इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था खारेज

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा विधान संशोधन गर्न माग...