वाम एकता संयोजन समिति बैठक आज, यस्ता छन् एजेण्डाहरु



हाम्रो इकोनोमि

एमाले–माओवादी केन्द्रले पार्टी एकतासम्बन्धमा अहिलेसम्म भएका कार्यप्रगति समीक्षा गर्दै थप रोडम्याप तयार पार्ने भएका छन्। एकता प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न नसकेको गुनासो बढिरहँदा दुई पार्टीका अध्यक्षले शुक्रबार एकता संयोजन समितिको बैठक बोलाएका हुन्।

गत साता बसेको बैठकमा दुई अध्यक्षले आआफ्ना तर्फबाट केही गृहकार्य गर्नुपर्ने सुझाव आएपछि यो अवधिमा दुई अध्यक्षबीच पटक–पटक अनौपचारिक छलफल भएको छ । छलफलमा दुवै नेताले एकताको विधि के हुने भन्ने स्पष्ट निक्र्योल गरिसकेका छैनन् ।

तर आज यही विषयमा ठोस छलफल गर्ने गरी बैठक बोलाएको अध्यक्ष दाहालका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । शुक्रबारको बैठकले पार्टी एकताको संगठनात्मक र सैद्धान्तिक विषयमा गृहकार्य गर्न कार्यदल गठनको निर्णय गर्ने सक्ने सम्भावना छ । यसअघिको बैठकमा दुई अध्यक्षबीच थप गृहकार्य गरेपछि कार्यदल बनाउनुपर्ने सुझाव आएको थियो ।

एमाले र माओवादीबीच विशेष गरी पार्टी एकतापछिको अध्यक्ष पद कसले लिने भन्नेमा मुख्य समस्या छ । यो गाँठो फुक्नसके एकताको प्रक्रिया सहज रूपमा अघि बढ्न सक्ने अवस्था छ । फागुन दोस्रो साताभित्र सरकार बनाइसक्नुपर्ने भएकाले यस बीचमा पार्टी एकताको खाका तयार गरिसक्ने गरी दुवै दलको जोड छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...