उन्नति माइक्रोफाइनान्सको सेयर बाँडफांड, २ लाख २९ हजार ४१२ जनाजनाले पाएनन् सेयर



हाम्रो इकोनोमि

उन्नति माइक्रोफाइनान्सले पुस २१ गतेदेखि २५ गतेसम्म खुला गरेको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा शुक्रबार विहान आइपिओ बाँडफाँड गरिएको हो ।

कुल २ लाख ४४ हजार ४७२ आवेदन परेकोमा २ हजार ४६७ जनाको आबेदन रद्द भएका छन। यी मध्ये १५ हजार १५ जना सर्वसाधारणलार्इ गोलाप्रथाबाट १० कित्ताका दरले एक लाख ५० हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको छ। त्यस्तै १०१ कर्मचारीले ६ हजार ६०० कित्ता, १२ सामुहिक लगानी कोषले ८ हजार २५० कित्ता सेयर पाएका छन।

लघुवित्तको सेयरमा ५२.३८ गुणा बढी रकमको आवेदन परेकाले योग्य आवेदकमध्ये दुई लाख २९ हजार ४१२ जनाले सेयर प्राप्त गर्न सकेनन् ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लाका २७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दे आएको छ ।

तीन करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको उन्नति माइक्रोफाइनान्सको आइपीओपछि चुक्तापुँजी ५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

गत आर्थिक वर्षमा एक करोड ६९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको उन्नतिले चालू आवको प्रथम त्रैमासमा ४५ लाख १० हजार रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक ४४ रुपैयाँ २ पैसा छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...