गुल्मीको वनमा भीषण आगलागी, ५० भन्दा बढी घरगोठ उच्च जोखिममा



हाम्रो इकोनोमि

गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

बिहीबार मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि शुरु भएको आगो आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन् ।

आगो निभाउनका लागि उनीहरुले नेपाली सेना, प्रहरी, सशस्त्रलगायत स्थानीयको सहयोग मागिरहेका छन् । आगो निभाउनका लागि यतिबेला नेपाली सेना, प्रहरी र स्थानीयवासीको ठूलो संख्यामा जमघट भएको छ ।

जंगल नजिकै रहेका खरबारीमा खर नकाटेको र अप्ठ्यारो भिर भएका कारण आगो नियन्त्रणमा लिन समस्या परेको स्थानीय अर्जुन अर्यालले बताउनुभएको छ ।

आगो अहिले आँपचौरको थामडाँडामा पुगेको बताइएको छ । आगलागी भएको स्थानदेखि केही तल सिँगो गाउँ रहेका कारण आगो गाउँनजिकै पुग्ने खतरा देखिएको अर्यालले जानकारी दिनुभएको छ ।

गाउँमाथिबाट आगो तलतल सर्ने क्रम शुरु भएपछि स्थानीयबासी रातभर आगो निभाउने प्रयासमा लागेका थिए । आगलागी भएको वन क्षेत्र नजिकै रहेका ५० भन्दा बढी घरगोठ उच्च जोखिममा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...