तीन घन्टा ‘वान टु वान’ वार्ता गरेका ओली प्रचण्डमै यस्तो भेटियो पार्टी एकताको अल्झन



नयाँ सरकार गठन र पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने विषयमा वाम गठबन्धनका शीर्ष दुई नेताले करिब ३ घन्टा ‘वान टु वान’ छलफल गरेका छन्।

दुवै दलका नेताहरुले पार्टी एकता जटिल मोडमा पुगेको बताइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ललितपुरको एक गोप्य स्थानमा छलफल गरेका छन्।

माओवादी केन्द्रका अध्यक्षको निजी सचिवालयका अनुसार, शीर्ष नेताको छलफलले शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने टुंगो लगाएको छ।

एमाले अध्यक्षको निजी सचिवालयले पनि दुई नेताबीच छलफल भएको पुष्टि गरेको छ।

दुई नेताले नयाँ सरकार गठन र सरकार गठन अगाडि नै एकताको मोडालिटी टुंग्याउने विषयमा छलफल गरेका छन्।

एकीकृत पार्टीको नेतृत्वको विषयमा मिलनबिन्दु नजुट्दा दुई वामपन्थी दलको एकता टाढिएको छ। माओवादी केन्द्रका नेताहरुले एकीकृत पार्टीको नेतृत्व र सरकारको नेतृत्व दुवै पाउन नसक्ने अवस्थामा एमालेसँगको पार्टी एकता जटिल मोडमा पुगेको बताउँदै आएका छन्।

माओवादी केन्द्रले सरकार र पार्टी नेतृत्वमा एउटा रोज्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्दै आएको छ। ओली भने नयाँ सरकारको नेतृत्वसँगै एकीकृत पार्टीको अध्यक्ष समेत पाउनुपर्ने अडानमा छन्।

यता एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको अन्तिम गृहकार्यमा रहेको वेला माओवादीकै वरिष्ठ नेता वर्षमान पुनले एकता भाँडने अन्तिम अभियान सुरु गरेको एमाले भित्रबाटै आरोप लगाइएको छ । नेपालस्थित भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखसँग मिलेर पुनले दुई पार्टी मिल्नै नदिने अभियान थालेको गम्भिर आरोप एमालेले लगाएको हो।

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आफ्ना कोर टीमसँग यो बिषयलाई राखेका छन्। यो विषयलाई आफ्नो संज्ञानमा लिने मात्र नभइ कसरी पुन लगायतका माओवादी नेताहरुलाई रक्षात्मक बनाउने रणनीति पनि पोखरेलको कोर टीमले गरेको छ। सोहि डिजाइन अन्तर्गत पुनलाई रअसँग मिलेको प्रचार गराएर रक्षात्मक बनाइ माओवादी केन्द्रलाई एमालेमा विलय गराउन अन्तिम गृहकार्य एमालेको सो पङति लागेको छ। तर माओवादी केन्द्रका पुन सहितका केहि नेता एमालेमा पार्टीलाई विलय गराउने तहको एकताको पक्षमा छैनन। उनीहरुले सम्मानजनक एकता नभए त्यसले पार्टी पङतिमा निराशा पैदा हुने र त्यो आत्महत्या सरह हुने पार्टी नेतृत्वसँग बताउँदै आएका छन्। पुनको यहि अडानबाट आत्तिएका एमाले महासचिव पोखरेल माओवादीलाई जुनसुकै हालतमा एमालेमा विलय गराउन प्रचार युद्धमार्फत रक्षात्मक बनाउन लागिपरेका छन्।

पुनले अध्यक्ष दाहालको सचिवालयमै रहेका केही सहयोगीलाई साथमा लिएर ओली र दाहालबीचको वार्ताको सूचना रअलाई पुर्या‍उन गरेको आरोप लगाइ एकता भाँड्ने अन्तिम अभियान अघि बढाएको संगिन आरोप समेत एमालेका नेताहरुले आफ्नो प्रचार संयन्त्र मार्फत लगाएका छन् । एमालेको प्रचार संयन्त्रका अनुसार दाहाल निकट केन्द्रीय सदस्यले एमाले नेताहरुलाई दिएको सूचना अनुसार पोखरेल कुनै पनि हालतमा माओवादीलाई एमालेमा विलय बनाउने अभियानमा लागेका छन्। यसका लागि पुनलाई सबैभन्दा ठूलो आरोप रअसँगको संलग्नता र साँठगाँठ हुने विश्लेषण गरेपछि उनीमाथि एमाले पुरै रणनीतिका साथ आरोपित गर्न लागेको छ।

पुनले केही सांसदलाई समेत बोलाएर एकता भाँड्न बैठक गरेको भन्ने पनि एमालेले माओवादीसँग सोधेको छ। एमाले र माओवादीका केहि नेताले भन्ने गरेजस्तो एकता नभइ एमालेमा विलय मात्र हुने भनेर शुरुदेखिनै असहमति राख्दै आएका पुनलाई एमालेका नेताहरु अहिले मन पराइरहेका छैनन। एमालेले एकता भाँड्ने अभियानअनुसार पुनले आफू निकट व्यक्तिहरुमार्फत आफ्ना अध्यक्ष ओलीमाथि प्रहार केन्द्रित गराएको आन्तरिक विश्लेषण पछि उनीमाथि समेत आरोपको नयाँ फोहोरा फाल्ने रणनीति अहिले एमालेले बनाएको छ।

सूर्य चिन्हमै चुनाव लडने सहमतिमा प्रचण्डले हस्ताक्षर गरेपनि कार्यान्वयन तहमा पुग्नै लाग्दा पुन सहितका नेताहरुले नै प्रचण्डलाई भड्काएर भाँडेको बुझाइमा रहेको एमालेले अब ओलीलाई भड्काउन पुनहरु सक्रिय रहेको आरोप लगाउन थालेका छन्।

एमाले अध्यक्ष ‌ओली र माओवादी अध्यक्ष प्रचण्डलाई शितल निवासमा खाना खुवाएर राष्ट्रपतिले कार्यकारी पद बाँडेर भएपनि एकता गर्नुस भनेको विषय पार्टी एकताको पक्षमा भएपनि त्यो कुरा एमाले महासचिव इश्वर पोखरेल लगायतलाई टाउको दुखाइ भएको छ। त्यो भद्र सहमति अनुसार अघी बढ्दा आफू माइनस हुने नगर्दा पार्टी एकता विरोधी हुने भएपछि उनी पुनलाई आरोपित गर्ने रणनीतिमा लागेका छन्। कतै सोहि फर्मुला अन्तर्गत पार्टी एकता भएमा आफूहरु माइनस परिने डरपछि पोखरेल आफू बाहेक अरु सबै पार्टी एकता विरोधी देखाउने अभियानमा लागिपरेको माओवादी नेताहरु बताउँछन्।

एमाले र माओवादीबीच ६० र ४० प्रतिशतको भागबन्डाअनुसार उम्मेदवार बनाइएकोमा परिणाम ७३ र २७ प्रतिशतको हाराहारीमा आएपछि एमालेका पोखरेल सहितका नेताहरु अहिले माओवादीलाई पार्टी एकताको बेलामा ३० प्रतिशतको हाराहारीमा मात्र स्थान दिन सक्ने बताउँदै आएका छन्। यसैलाई नै पुनले पार्टी एकता नभइ विलय हुने बताइरहेका छन्। महासचिव पोखरेल निकटहरुका अनुसार सामर्थ्यका आधारमा एकताभन्दा पनि बढी माग गर्ने र एमाले नेतृत्वलाई झुक्न बाध्य बनाउने योजना अघि बढाउँदा एकता भाँडिने निष्कर्षमा पुगेपछि पुन त्यसै अनुसार लागेका छन्। त्यसै अनुसार माओवादीको असन्तुष्ट पक्षलाई रक्षात्मक बनाएर झुक्न वाध्य पार्ने पोखरेलको समुहले बनाएको योजना सहतमा देखिन थालेको छ। हेर्न वाँकी छ पुन कतिसम्म झुक्ने हुन् ?

प्रतिक्रिया दिनुहोस
ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ : देउवा

     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको

कांग्रेस-एमालेबीचको ७ बुँदे सहमति प्रधानमन्त्री ओलीले सुनाए

     प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग भएको सात बुँदे सहमति बाचन गरेका

सहकारी ठगलाई कारबाही गर्छौँ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

    नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले