एक नवविवाहितालाई ज्यूँदै जलाई हत्या गर्ने प्रयास



हाम्रो इकोनोमि

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् ।

हजाराको शरीरको लगभग सबैजसो भाग जलेको छ । आगजनीले गम्भीर घाइते हजराको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा भइरहेको पीडितका परिवारजनले बताएका छन् ।

हजरा क्षीरेश्वरनाथ नगरपालिका–८ हार्सरका स्थानीयवासी अखिलेश कवारीका छोरा २४ वर्षीय रसिद राइनकी पत्नी हुन् । आगोले जलेको घटना गत शनिबार बिहान ९ बजेको हो । घरमै जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटी गएको प्रहरीको टोलीले उद्धार गरी हजरालाई उपचारका लागि पठाएको जानकारी प्रहरी निरीक्षक नरेश सिंहले गराउनुभयो । प्रनि सिंहले घटनास्थलबाटै प्रहरीले हजराका पति रसिदलाई पक्राउ गरेको छ ।

माइती पक्षले छोरी हजराको सम्बन्धविच्छेद गर्न नमान्दा घरपरिवारका सबै सदस्य मिली मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै प्रहरीमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिएको छ ।

हजराकी आमा जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराका पति रसिद, ससुरा ५५ वर्षीय अलिशेख कवारी, ५० वर्षीया सासू रामसुनरी खातुन र २० वर्षीया नन्द जाहिर खातुनमाथि उजुरी दिनुभएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । तर प्रहरीले हालसम्म हजराकी पति रसिदबाहेक कसैलाई पक्राउ गरेको छैन । इप्रका महेन्द्रनगरका अनुसार छिमेकले हजरा आफैँले आगो लगाई आत्महत्याको प्रयास गरेकाले उनका पतिलाई मात्र हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...