देउवाका मन्त्रीले भने-पर्सी प्रधानमन्त्रीको राजिनामा आउछ,फागुन सात गते ओलीलाई सत्ता हस्तान्तरण गर्छौ



हाम्रो इकोनोमि

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुन को ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
उनले भने,‘फागुन ७ गतेको प्रजातन्त्र दिबस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ, वाम गठबन्धन खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ, उहाँलाई मेरो शुभकामना छ ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले हिजो सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको स्पष्ट पारे ।

उनले भने,‘निर्वाचन सम्पन्न भयो, मैले त धेरै पहिले यही रिपोर्टर्स क्लबको मञ्चमा बोलेको थिएँ, कि नयाँ सरकार फागुन को ७ गते नै बन्छ भनेर, त्यतिवेला धेरै टिकाटिप्पणी भएको थियो, तर मैले हिसाबकिताब गरेर नै त्यो खुलासा गरेको थिएँ, अबको १० वा १२ दिनभित्रै यो कुरा प्रमाणित हुन्छ।’ मन्त्री थापाले एक दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा आउने पनि जनाए ।

साक्षात्कारमा बोल्दै उनले सरकारले आगामी मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिश गर्नेबारे छलफल गर्ने समेत विश्वास दिलाए ।
उनले भने,‘अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्छौं, ३ जनाको नाम सिफारिश गर्दा साझा व्यतिmत्व चयन गर्छौ, योग्यता पुगेकाहरुलाई नै हामी सिफारिश गर्छौं, सभाको वजन र गरिमालाई धान्न सक्ने व्यक्तित्वहरु च्यन गर्छौं।’

त्यस्तै उनले वर्तमान सरकारले महत्वपूर्ण निर्णयहरु गरेकोमा विरोध हुनु स्वभाविक भएको समेत स्पष्ट पारे । यद्धपी उनले सरकारले निर्णय गर्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । उनले भने,‘सरकारले निर्णय गर्दा सरकार बाहिर भएका दलहरुले विरोध गर्नु स्वभाविक हो नि।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...