एनसेलले ल्यायो भ्यालेन्टाइन अफर, हेर्नुहोस् के के छन् सुविधा ?



हाम्रो इकोनोमि

एनसेलले आउँदै गरेको भ्यालेन्टाइन लक्षित अफरहरु ल्याएको छ। उसले ग्राहकहरुको लागि भ्वाइस र डाटा प्याक ल्याएको हो।

बिहीबारदेखि शुरु भई १५ दिनसम्म लागू हुने प्याकेजमा प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेल नेटवर्क भित्र कल गर्नसक्ने छन्।

यसको लागि ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नुपर्ने छ। त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिने एनसेलले जानकारी दिएको छ।

त्यस्तै एक घण्टा भिडियो च्याट गर्नको लागि २० रुपैयाँको प्याक लिनसकिने छ। जसको लागि ८१७११४३ डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...