एनसेलले ल्यायो भ्यालेन्टाइन अफर, हेर्नुहोस् के के छन् सुविधा ?



हाम्रो इकोनोमि

एनसेलले आउँदै गरेको भ्यालेन्टाइन लक्षित अफरहरु ल्याएको छ। उसले ग्राहकहरुको लागि भ्वाइस र डाटा प्याक ल्याएको हो।

बिहीबारदेखि शुरु भई १५ दिनसम्म लागू हुने प्याकेजमा प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेल नेटवर्क भित्र कल गर्नसक्ने छन्।

यसको लागि ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नुपर्ने छ। त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिने एनसेलले जानकारी दिएको छ।

त्यस्तै एक घण्टा भिडियो च्याट गर्नको लागि २० रुपैयाँको प्याक लिनसकिने छ। जसको लागि ८१७११४३ डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...