उन्नति माइक्रोफाइनान्सको आईपिओ शुक्रबार बाँडफाँड हुने



हाम्रो इकोनोमि

उन्नति माइक्रोफाइनान्सले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर (आइपीओ) भोली शुक्रबार बाँडफांड हुने भएको छ । माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।

बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार सर्वसाधारणका लागि छुट्याइएको १ लाख ५० हजार १ सय ५० कित्ता शेयरमा २ लाख ४९ हजारबाट ७९ करोड २ लाखको आबेदन परेको छ। उक्त आबेदन माग भन्दा झन्डै ५३ गुणाले बढी हो।

उन्नतिले निष्काशन गरेको कुल १ लाख ६५ हजार कित्ता मध्ये ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको छ।

अर्थात सर्वसाधारणका लागि छुट्याइएको १ लाख ५० हजार १ सय ५० कित्ता शेयरमा सबै आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गर्दा मात्र १५ हजार १५ जनाले मात्र उन्नतिको शेयर प्राप्त गर्नेछन। यस आधारमा प्रत्येक १०० जना आवेदक मध्ये मात्र ६ जना अर्थात ६ प्रतिशतले मात्र उन्नतिको शेयर प्राप्त गर्नेछन। बाँकी ९४ प्रतिशतको हात रित्तो हुने निश्चित छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...