उन्नति माइक्रोफाइनान्सको आईपिओ शुक्रबार बाँडफाँड हुने



हाम्रो इकोनोमि

उन्नति माइक्रोफाइनान्सले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर (आइपीओ) भोली शुक्रबार बाँडफांड हुने भएको छ । माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।

बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार सर्वसाधारणका लागि छुट्याइएको १ लाख ५० हजार १ सय ५० कित्ता शेयरमा २ लाख ४९ हजारबाट ७९ करोड २ लाखको आबेदन परेको छ। उक्त आबेदन माग भन्दा झन्डै ५३ गुणाले बढी हो।

उन्नतिले निष्काशन गरेको कुल १ लाख ६५ हजार कित्ता मध्ये ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको छ।

अर्थात सर्वसाधारणका लागि छुट्याइएको १ लाख ५० हजार १ सय ५० कित्ता शेयरमा सबै आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गर्दा मात्र १५ हजार १५ जनाले मात्र उन्नतिको शेयर प्राप्त गर्नेछन। यस आधारमा प्रत्येक १०० जना आवेदक मध्ये मात्र ६ जना अर्थात ६ प्रतिशतले मात्र उन्नतिको शेयर प्राप्त गर्नेछन। बाँकी ९४ प्रतिशतको हात रित्तो हुने निश्चित छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...