दूध बोकेको ट्यांकर त्रिशूलीमा खस्दा चालक च्यापिए, सहचालक बेपत्ता



हाम्रो इकोनोमि

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कोहलपुरबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नंको ट्यांकर त्रिशूलीमा खसेको हो । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ४३१४ नंको कन्टेनरको ठक्करबाट दूधको ट्यांकर नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्यांकरकोे केही भाग मात्र पानीबाहिर देखिएको छ भने अन्य भाग पूरै डुबेको छ । चालक गाडीभित्र च्यापिएको देखिए पनि सहचालक भने देखिएका छ्रैनन् ।

उद्धारका लागि कुरिनटारबाट सशस्त्र प्रहरी र भरतपुरबाट क्रेनसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो । आज बिहान ६ः१३ बजे मात्र प्रहरीले घटनाबारे जानकारी पाएको र घटना कति बेला भयो भन्ने यकिन भएको छैन ।

चालक र सहचालकको नाम खुल्न सकेको छैन । प्रहरीले दुवैको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...