पार्टी एकतापछिको अध्यक्ष प्रचण्ड नै हो झलनाथ खनाल,ओलीसँग अब ‘वार कि पार’ छलफल गर्छुः प्रचण्ड



हाम्रो इकोनोमि

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको बताएका छन् । वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने भन्दै प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने नेता खनालको भनाइ छ ।

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैंमा राख्न चाहेको गुनासो माओवादी पंक्तिबाट आइरहेका बेला एमालेका पूर्वअध्यक्षसमेत रहेका झलनाथले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिएका हुन् ।

 

दुई पार्टीवीचको एकता त भड्किन लागेको चर्चा छ नि भन्ने अनलाइनखबरको प्रश्नमा एमाले नेता खनालले भने- ‘एउटा बाटो खोज्नुपर्छ, हामीले सामुहिकरुमा बसेर सल्लाह गर्नुपर्छ, हामी पार्टी एकतालाई भड्किन दिँदैनौं ।’

एमाले नेता खनालले प्रचण्डलाई अध्यक्ष बनाएर भए पनि पार्टी एकतालाई भड्किन नदिइने बताए ।

हामीले एमाले नेता खनाललाई सोध्यौं- ‘प्रचण्डलाई अध्यक्ष मान्न केपी ओली तयार नदेखिएको र प्रचण्ड पनि सहअध्यक्षमा बस्न तयार नरहेको अवस्था आयो भने कसरी पार्टी एकता होला ? त्यो स्थितिमा प्रचण्डलाई अध्यक्ष दिन एमाले तयार हुन्छ ?’

 

विगतमा नेकपा माले र मार्क्सवादीवीच पार्टी एकता गर्दा सानो पार्टीका नेता मनमोहन अधिकारीलाई अध्यक्ष दिएर मदन भण्डारी महासचिवमा बसेको नजीर अनुसार पनि अघि बढ्न सकिनेमा खनाल विश्वस्त देखिए ।

‘जति फन्का घुमे पनि पुग्ने धुम्बाराही नै हो’

यसैवीच बुधबार राति खनालले एउटा निजी टेलीभिजनलाई लामो अन्तरवार्ता दिएका छन् । सो अन्तरवार्तामा उनले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफूलाई कुनै आपत्ति नरहेको बताएका छन् ।

विगतमा आफूले माओवादीसँग एकता र सहकार्य गर्नुपर्छ भन्दा आफूलाई ‘आधा माओवादी’ भन्नेहरु नै अहिले आफ्नो लाइनमा आइपुगेको खनालले बताएका छन्

अन्तरवार्तामा एमाले नेता खनालले भनेका छन्- ‘केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ, तर यो मेरो व्यक्तिगत विचार हो, पार्टीमा निर्णय भएको छैन । र, व्यक्तिगतरुपमा यसो भन्न मिल्थ्यो कि मिल्दैनथ्यो, प्रचण्ड अध्यक्ष बन्दा मलाई त आपत्ति छैन । जब पार्टी एककृत भएर जान्छ भने यसमा आपत्ति मान्नुपर्ने स्थिति छैन ।’

विगतमा आफूले माओवादीसँग एकता र सहकार्य गर्नुपर्छ भन्दा आफूलाई ‘आधा माओवादी’ भन्नेहरु नै अहिले आफ्नो लाइनमा आइपुगेको खनालले बताएका छन् ।

‘त्यतिबेला आधा माओवादी भन्नेहरु अहिले त्यही ठाउँमा आइपुगेका छन्’ खनालले भने, ‘०६२/०६३ पछि माओवादी पनि सच्चिदै आएको छ त्यसैले एमाले माओवादीवीच एकता हुनैपर्छ । मलाई नै जस दिनुपर्छ भन्ने ठान्दिनँ तर दुई पार्टीवीच एकता हुनैपर्छ, ढीलो नै होस् तर जति फन्का घुमे पनि हामीले पुग्ने ठाउँ धुम्बाराही नै हो ।

 

ओलीसँग अब ‘वार कि पार’ छलफल गर्छुः प्रचण्ड

यसैवीच माओवादी अध्यक्ष प्रचण्डले अब पार्टी एकताबारे केपी ओलीसँग वार कि पार छलफल गर्ने बताएका छन् । केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै आफैंले राख्ने र जबजमा पनि तलमाथि नगर्ने भनेपछि प्रचण्डले निर्णायक वार्ता गरिने आफू निकटस्थहरुसँग बताएका हुन् ।

पार्टी एकताको विषयमा अब हुने छलफल निर्णायक हुने प्रचण्डको भनाइ छ । पेरिसडाँडामा बुधबार प्रचण्डले एक निकटस्थसँग भने, ‘तत्काल पार्टी एकता नभएको अवस्थामा हामी सरकारमा पनि जाँदैनौं, तर बाहिरै बसेर समर्थन गर्छौं । तथापि हामी अहिलेसम्म पार्टी एकताकै पक्षमा छौं ।’

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...