राजीनामा दिने तयारीमा प्रधानमन्त्री,वाम एकतामा अल्झन,एकताको प्रारम्भिक खाकासमेत तयार हुन सकेन



हाम्रो इकोनोमि

राष्टियसभा निर्वाचनको परिणाम बाहिरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लागेका छन् । प्रधानमन्त्री राजीनामा दिने तयारीमा लागेको विषयलाई आजका केही पत्रिकाहरुले लेखेका छन् । राजधानीमै पुनर्संरचना प्रस्तावले सशस्त्रमा भाँडभैलो भएको समाचार छ ।

 

राष्टियसभा निर्वाचनलाई मुख्य समाचार बनाएर छापेको नयाँ पत्रिका दैनिकले प्रदेश ३ को नाम बागमती वा गौरीशंकर राख्न प्रस्ताव गरिएको लेखेको छ । एमालेले मुख्यमन्त्रीको टुंगो दलको चुनावबाटै गर्न लागेको समाचार पनि नयाँ पत्रिका दैनिकमा छ ।
राष्टियसभा निर्वाचन परिणामलाई पहिलो पृष्ठमा महत्त्व दिएर लेखेको कान्तिपुर दैनिकले वाम एकतामा देखिएको गतिरोधबारेको एक टिप्पणी छापेको छ । नेपाल मेडिकल काउन्सिलका पूर्वरजिस्ट्रार नीलमणि उपपाध्यायले गरेका अनियमितता पनि आजको कान्तिपुरमा पढ्न सकिन्छ ।

यसका अतिरिक्त सरकारी अड्डा आर्थिक अपारदर्शिताको अखडा बनेको, आयल निगम जग्गा खरिदमा अनियमितता मुद्दा तामेलीमा राख्न चलखेल भएकोलगायत समाचार पनि आजका पत्रपत्रिकामा छापिएका छन् ।

राजीनामा दिने तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन लागेको समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि सबै नतिजा आएपछि दिने भन्ने विषयमा प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । सबै परिणाम सार्वजनिक भएपछि राजीनामा दिन सुझाव आएपछि आयोगले अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएलगत्तै देउवा राजीनामा दिने मनस्थितिमा रहेको प्रधानमन्त्री सचिवालयलाई उद्धृत गर्दै राजधानी दैनिकले समाचार लेखेको छ ।

प्रधानमन्त्रीले राजीनामा दिने विषयमा पार्टी नेताहरुसँग मंगलबारदेखि नै छलफल सुरु गरेको समाचारमा उल्लेख छ ।

वाम एकतामा अल्झन

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि एमाले र माओवादीले निर्वाचन सकिएलगत्तै पार्टी एकता हुने दाबी गर्दै आएका थिए । तर, चुनाव सकिएको झन्डै दुई महिना बितिसक्दा पनि दुई दलको एकता प्रक्रियामा अपेक्षित प्रगति भएको छैन ।

कान्तिपुर दैनिकका अनुसार वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उम्मेदवार र प्रादेशिक सरकारको स्वरुपसम्बन्धी पद बाँडफाँटको सूत्र तयार गरेका छन् । तर दुई पार्टीको केन्द्रीय तहमा हुने एकताको भने प्रारम्भिक खाकासमेत तयार हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...