नेप्से ११ महिना यता कै न्यून बिन्दुमा, साँढे २६ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १२.०१ अंकले घटेर १३८२.०२ अंकमा आएर रोकिएको छ। यो बिन्दु ११ महिना यता कै न्यून बिन्दु हो । यस अघि गत चैत्र ६ गते नेप्से १३८२.१९ को बिन्दुमा पुगेको थियो । त्यसपछि आज सूचक चैत्र ६ गतेको भन्दा पनि कम भएको हो ।

बुधबार १५२ कम्पनीका सात लाख ४२ हजार कित्ता शेयर २६ करोड ५५ लाख रुपैयामा कारोबार भयो। बुधबार सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको पाँच करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

उपसूचक मिस्रित देखिएका छन्। १० समुहको कारोबारमा आठ समूह घटेका छन् भने दुई समूह बढेका छन्। बैंक १०.०५, होटल १८.१३, विकास बैंक ६.५७, जलाबिद्युत १.६३, बीमा ८३.०५, उत्पादनमूलक १६.२९, अन्य ९ र लघुबित्त १५.९१ अंकले घटेका छन्।

गुहेश्वरी मर्चेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी करिब सात प्रतिशत कमाएका छन्। कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...