दश महिनासम्म अध्यापन गरेको तलब नपाएपछि शिक्षकद्वारा विद्यालयमा तालाबन्दी



हाम्रो इकोनोमि

दश महिनासम्म अध्यापन गरेको पारिश्रमिक नपाएपछि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित बैजनाथ आधारभूत बहुभाषिक विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षकले मंगलबार विद्यालयमा तालाबन्दी गरेका छन् ।

आफूहरुलाई पारिश्रमिक दिने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले चाँसो नदिएको भन्दै शिक्षकले सामूहिकरुपमा विद्यालयमा तालाबन्दी गरेका हुन् । शिक्षकको तालाबन्दीका कारण विद्यालयका पढाइ प्रभावित बन्न पुगेको छ । विद्यालयका प्रधानाध्यापक जादुराम रानाले शिक्षकको १० महिनाको करिब रु पाँच लाख तलबबापतको रकम दिन बाँकी रहेको जानकारी दिनुभयो ।

“विद्यालयसित आम्दानी छैन, पढाइमा बाधा नपुगोस् भनेर निजी स्रोतबाट शिक्षक राख्यौँ ।” उहाँले भन्नुभयो– “तलब दिन नसकेपछि शिक्षकले नै तालाबन्दी गरे ।” २५५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा ८० प्रतिशतभन्दा बढी आदिवासी÷जनजाति समुदायको विद्यार्थी अध्ययनरत छन् ।

आम्दानीका नाममा विद्यालयसित रहेको चार बिगाहा जमिन लिजमा दिए पनि थोरै रकम आउने गरेको उहाँले बताउनुभयो । “शिक्षकलाई वार्षिक लाखौँ रुपैयाँ तिर्नुपर्छ ।” रानाले भन्नुभयो– “जमिनबाट वार्षिक रु २५ हजार मात्रै आम्दानी आउँछ ।” विद्यालय सञ्चालनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ÷संस्थासित गुहार मागिरहेको प्राधानाध्यापक रानाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...