प्रदेश ४ मा मतदान सकियो, दीपक मनाङे मात्र अनुपस्थित



हाम्रो इकोनोमि

राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश ४ मा भएको मतदान एक बजे नै सकिएको छ। एक मतदाता दीपक मनाङ्गे (राजिव गुरुङ) बाहेक सबैले मतदान गरिसकेका छन्। २ सय ३० मतदातामध्ये २ सय २९ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो प्रदेशमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० र प्रदेश सभा सदस्य ६० जना मतदाता छन्। मनाङ्गे बाहेकले सबैले मतदान गरिसकेका छन्। पाँच वर्ष जेल सजाय हुने पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी फरार छन्।

मनाङ्गेले प्रदेश सभा सदस्यको सपथ समेत लिएका छैन। दिउँसो ३ बजेपछि मतगणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...