तीन नम्बर प्रदेशको मुख्यमंत्री छान्ने तिथी तोकियो,पाण्डेको यसरी हुने भयो पल्लाभारी



हाम्रो इकोनोमि

प्रदेश ३ को मुख्यमन्त्री बन्नका लागि करिब आधा दर्जन प्रत्याशी मैदानमा देखिएपछि एमालेले निर्वाचनबाट संसदीय दलको नेता छान्ने भएको छ ।

प्रदेश ३ कमिटीको बुधबार विहान बसेको सचिवालय बैठकले माघ २६ गते दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेर नेता चयन हुने हुने एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश ३ का सांसद अरुण नेपालले जानकारी दिए । सकेसम्म सहमति कायम गर्ने र नभएमा लोकतान्त्रिक प्रक्रियाबाट दलको नेता चयन हुने उनले बताए ।

भावी मुख्यमन्त्री मानिएको प्रदेश ३ को दलको नेता बन्न एमालेमा करिब आधा दर्जन प्रत्यासी छन् । प्रदेश संयोजक तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री राजेन्द्र पाण्डे मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।
उनीहरु दुवै माधव नेपाल पक्षका भए पनि पछिल्लो समय पाण्डे ओली पक्षमा देखिएका छन् ।

माधव नेपाल पक्षकै पशुपति चौलागाईले पनि दाबी गरेका छन् । संस्थापन पक्षबाट पोलिटव्यूरो सदस्य सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित, हेटौंडाका पूर्वमेयर डोरमणी पौडेल र रामेछापका कैलाश ढुंगेलले मुख्यमन्त्री दाबी गरेका छन् ।तर पाण्डे नै मुख्यमन्त्री बन्ने निश्चित छ।

यता नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा दाबी गरेकी छिन्। राष्ट्रियसभा निर्वाचनमा मतदान गरेलगत्तै कुरा गर्दै शाक्यले प्रदेश ३ को मुख्यमन्त्री आफू नै बन्ने दाबी गरिन्।

‘मुख्यमन्त्रीमा मेरो दाबी हो, स्थिति पनि राम्रो छ,’ उनले भनिन्।
एमाले प्रदेश ३ को संयोजकसमेत रहेकी शाक्यले अन्तिम समयसम्म सहमतिको पहल गर्ने र सर्वसम्मत नभए निर्वाचनबाट संसदीय दलको नेता चुनिने बताइन्।

शाक्यले भनिन् ‘निर्वाचनमा म आफै पनि जान्छु, राम्रो मत पनि छ, जित हुनेमा ढुक्क छु।’
शाक्यले दुई कारणले आफू मुख्यमन्त्री बन्ने दाबी गरिन्।
‘म प्रदेश नम्बर ३ को संयोजक समेत हुँ, मेरो नेतृत्वमा एमालेले स्थानीय निर्वाचनमा राम्रो नतिजा ल्याएको छ। त्यस्तै, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि वाम गठबन्धनको अवस्था राम्रो छ,’ उनले भनिन्, ‘पहिलो कुरा महिलाले जिम्मेवारी पाउँदैनन्, तर मेरो नेतृत्वको टिमले गर्दा प्रदेशमा स्थिति राम्रो बनेको छ।’

राजनीतिक पृष्ठभूमिका आधारमा समेत प्रदेश ३ को मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको उनको भनाइ छ।
‘पार्टीको उपाध्यक्ष पदमा छु, राजनीतिक पृष्ठभूमि र समावेशिताको कुरा पनि छँदैछ,’ शाक्यले भनिन्, ‘प्रदेशका साथीहरु समेत तपाईं नै हुनुपर्छ भनेर लागेका छन्, समर्थन पनि मिलेको छ।’
वाम गठबन्धनको सहमति अनुसार प्रदेश ३ मा एमालेले प्रादेशिक सरकारको नेतृत्व गर्दैछ। प्रदेश सरकारको नेतृत्वका लागि राजेन्द्र पाण्डे लगायतका नेताहरुले शीर्ष नेतृत्वसमक्ष लबिङ तीव्र पारेका छन्।

प्रतिक्रिया दिनुहोस
मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...