निःशुल्क आँखा शिविर



हाम्रो इकोनोमि

लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक मेल्भिक जोन्सको १३९औँ को जन्मोत्सवका अवसरमा नुवाकोट विदुर नगरपालिकाको खड्गभन्ज्याङमा निःशुल्क आँखा शिविरको आयोजना गरियो ।

लायन्स क्लब अफ युनाइटेड सेन्टर, लायन्स क्लब अफ भ्यालीवेष्ट, लायन्स क्लब आफ कामनालगायत १८ का लायन्स क्लबको आयोजनामा भएको सो शिविरमा २२५ जनाको परीक्षण, २८ जनाको मोतीबिन्दुको शल्यक्रिया तथा चश्मा वितरण गरिएको थियो ।

सो अवसरमा इसामे कार्यक्रमका संयोजक हरिगोविन्द महर्जनले लायन्स क्लबले देशका विभिन्न ठाउँमा आँखा शिविरहरुको सञ्चालन तथा भौतिक पूर्वाधार निर्माण गर्दै आएको उल्लेख गर्नुभयो ।

यसैबीच लायन्स क्लब अफ भ्यालीवेष्ट र कामनाले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–८ कुमालगाउँमा रहेको रत्नादेवी आधारभूत विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरीका सामान वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...