नेपाल बैंकको १ करोड ७६ लाख ८४ हजार कित्ता एफपिओ आउँदै



हाम्रो इकोनोमि

नेपाल बैंक लिमिटेडएले एफपिओ निष्काशन गर्ने भएको छ । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले चुक्ता पुंजी बिक्रि गर्न प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने प्रस्ताव गरेको छ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने तयारी गरेको हो । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ६३ करोड ८४ लाख खुद नाफा कमाएको छ ।

हाल बैंकमा सरकारको सेयर स्वामित्व ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...