आगलागी हुँदा रु १५ लाखभन्दा बढी क्षति



हाम्रो इकोनोमि

उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् चुहावट भई भएको आगलागीमा ढुङ्गामाटोले बनेको दुईतले घर पूर्णरुपमा जलेको छ ।

आगो प्रहरी र स्थानीय जनताको सहयोगमा नियन्त्रणमा लिइएको तथा क्षतिको विवरण संकलन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी, चौदण्डिगडी नगरपालिका–४, बसाहास्थित चन्द्रकला राईको घरमा मंगलबार राति १० बजे टुकी बत्तीबाट अचानक आगलागी हुँदा काठले बनेको घर, फर्निचर, लत्ताकपडा र भाँडावर्तन जलेका नष्ट भएको छ । आगलागीबाट राईको करिब रु १५ लाखभन्दा बढीको धनमाल क्षति भएको बताइएको छ ।

उक्त आगो स्थानीय जनता, प्रहरी र बारुणयन्त्रको सहयोगमा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...