अमेरिकामा मान्छे तस्करी गर्ने देउवाका मन्त्रीको यस्तो दाउ,यी मन्त्रीले लगाए सुन्दरीको खराउ



हाम्रो इकोनोमि

हुस्सुहरूको सरकार न हो । माघ ११ गतेका लागि डाकिएको कार्यक्रममा भाग लिन मन्त्री सात दिनपछि अस्ति डफ्फासहित स्पेनतिर उडेका छन् । क्याबिनेटलाई समेत ढाँटेर जाने खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव हुन् । उपसचिव उपेन्द्र खनालसहितको टोली बोकेर मेलम्ची खानेपानी परियोजनाको खर्चमा स्पेन पुगेका छन् । टोली शुक्रबार मात्र काठमाडौं फर्कने योजना छ । उता, मन्त्रीकै सिको गर्दै राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले अमेरिकाको फर्जी निमन्त्रणा पत्र बनाउन कर्मचारीलाई दबाब दिएका छन् । उनी पाँच जना सहयोगी बोकेर अमेरिका जाने दाउमा छन् ।

उता, अर्काे रमिता छ सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको । चलचित्र विकास बोर्ड बैठकमा भाग लिन आफैं लुरुलुरु गोपीकृष्णनगर पुगे । विकास बोर्ड बैठकमा भाग लिन मन्त्री आफैं पुगेको यो पहिलो पटक हो । मन्त्री पुग्नुको कथाचाहिँ रमाइलो छ । विकास बोर्डले दोलखामा फिल्म सिटी निर्माण कार्य अगाडि बढाउँदै छ । जसका लागि तीन करोड बजेट छुट्ट्याइएको छ । सरकारबाट बाहिरिनुअगावै उद्घाटन गर्ने मन्त्रीको तयारी छ । बोर्ड अध्यक्ष बन्न उद्धव पौडेलकी पुत्री निकिताले उनलाई कोशेली बुझाएको चर्चा चलचित्रकर्मी नै गर्दै छन् ।

यो अवस्थामा निकिता मन्त्रीलाई बुझाएको पैसा उठाउने चक्करमा छिन् भने मन्त्रीचाहिँ घर जानुअगाडि थप पैसा उठाउन तल्लीन छन् । यही बीचमा १ वैशाखदेखि लागू गर्ने भनिएको तर नसकिएको बक्स अफिससमेत अहिल्यै लागू गरिछाड्ने तयारी छ । ‘ई–टिकेटिङ’को कुरासमेत जोडतोडका साथ निकिताहरूले उठाउन थालेका छन् । निकिता आफ्नै गोपीकृष्ण हलमा ई–टिकेटिङ लागू गर्न नसके पनि अन्य हलमा लागू गरिछाड्ने ध्याउन्नमा छिन् । यसमा सर्भरसँग मिलेर पैसा कुम्ल्याउने योजना बनाइरहेछन् आकाश अधिकारी र प्रदीपकुमार उदयहरू ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...