अमेरिकामा मान्छे तस्करी गर्ने देउवाका मन्त्रीको यस्तो दाउ,यी मन्त्रीले लगाए सुन्दरीको खराउ



हाम्रो इकोनोमि

हुस्सुहरूको सरकार न हो । माघ ११ गतेका लागि डाकिएको कार्यक्रममा भाग लिन मन्त्री सात दिनपछि अस्ति डफ्फासहित स्पेनतिर उडेका छन् । क्याबिनेटलाई समेत ढाँटेर जाने खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव हुन् । उपसचिव उपेन्द्र खनालसहितको टोली बोकेर मेलम्ची खानेपानी परियोजनाको खर्चमा स्पेन पुगेका छन् । टोली शुक्रबार मात्र काठमाडौं फर्कने योजना छ । उता, मन्त्रीकै सिको गर्दै राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले अमेरिकाको फर्जी निमन्त्रणा पत्र बनाउन कर्मचारीलाई दबाब दिएका छन् । उनी पाँच जना सहयोगी बोकेर अमेरिका जाने दाउमा छन् ।

उता, अर्काे रमिता छ सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको । चलचित्र विकास बोर्ड बैठकमा भाग लिन आफैं लुरुलुरु गोपीकृष्णनगर पुगे । विकास बोर्ड बैठकमा भाग लिन मन्त्री आफैं पुगेको यो पहिलो पटक हो । मन्त्री पुग्नुको कथाचाहिँ रमाइलो छ । विकास बोर्डले दोलखामा फिल्म सिटी निर्माण कार्य अगाडि बढाउँदै छ । जसका लागि तीन करोड बजेट छुट्ट्याइएको छ । सरकारबाट बाहिरिनुअगावै उद्घाटन गर्ने मन्त्रीको तयारी छ । बोर्ड अध्यक्ष बन्न उद्धव पौडेलकी पुत्री निकिताले उनलाई कोशेली बुझाएको चर्चा चलचित्रकर्मी नै गर्दै छन् ।

यो अवस्थामा निकिता मन्त्रीलाई बुझाएको पैसा उठाउने चक्करमा छिन् भने मन्त्रीचाहिँ घर जानुअगाडि थप पैसा उठाउन तल्लीन छन् । यही बीचमा १ वैशाखदेखि लागू गर्ने भनिएको तर नसकिएको बक्स अफिससमेत अहिल्यै लागू गरिछाड्ने तयारी छ । ‘ई–टिकेटिङ’को कुरासमेत जोडतोडका साथ निकिताहरूले उठाउन थालेका छन् । निकिता आफ्नै गोपीकृष्ण हलमा ई–टिकेटिङ लागू गर्न नसके पनि अन्य हलमा लागू गरिछाड्ने ध्याउन्नमा छिन् । यसमा सर्भरसँग मिलेर पैसा कुम्ल्याउने योजना बनाइरहेछन् आकाश अधिकारी र प्रदीपकुमार उदयहरू ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...