माओबादीलाई एमालेमा बिलय गराउने पोखरेलको डिजाइन भाड्न पुन रअसँग मिलेको पाए पछी बाम एकता धरापमा



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको अन्तिम गृहकार्यमा रहेको वेला माओवादीकै वरिष्ठ नेता वर्षमान पुनले एकता भाँडने अन्तिम अभियान सुरु गरेको एमाले भित्रबाटै आरोप लगाइएको छ । नेपालस्थित भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखसँग मिलेर पुनले दुई पार्टी मिल्नै नदिने अभियान थालेको गम्भिर आरोप एमालेले लगाएको हो।

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आफ्ना कोर टीमसँग यो बिषयलाई राखेका छन्। यो विषयलाई आफ्नो संज्ञानमा लिने मात्र नभइ कसरी पुन लगायतका माओवादी नेताहरुलाई रक्षात्मक बनाउने रणनीति पनि पोखरेलको कोर टीमले गरेको छ। सोहि डिजाइन अन्तर्गत पुनलाई रअसँग मिलेको प्रचार गराएर रक्षात्मक बनाइ माओवादी केन्द्रलाई एमालेमा विलय गराउन अन्तिम गृहकार्य एमालेको सो पङति लागेको छ। तर माओवादी केन्द्रका पुन सहितका केहि नेता एमालेमा पार्टीलाई विलय गराउने तहको एकताको पक्षमा छैनन। उनीहरुले सम्मानजनक एकता नभए त्यसले पार्टी पङतिमा निराशा पैदा हुने र त्यो आत्महत्या सरह हुने पार्टी नेतृत्वसँग बताउँदै आएका छन्। पुनको यहि अडानबाट आत्तिएका एमाले महासचिव पोखरेल माओवादीलाई जुनसुकै हालतमा एमालेमा विलय गराउन प्रचार युद्धमार्फत रक्षात्मक बनाउन लागिपरेका छन्।

पुनले अध्यक्ष दाहालको सचिवालयमै रहेका केही सहयोगीलाई साथमा लिएर ओली र दाहालबीचको वार्ताको सूचना रअलाई पुर्या‍उन गरेको आरोप लगाइ एकता भाँड्ने अन्तिम अभियान अघि बढाएको संगिन आरोप समेत एमालेका नेताहरुले आफ्नो प्रचार संयन्त्र मार्फत लगाएका छन् । एमालेको प्रचार संयन्त्रका अनुसार दाहाल निकट केन्द्रीय सदस्यले एमाले नेताहरुलाई दिएको सूचना अनुसार पोखरेल कुनै पनि हालतमा माओवादीलाई एमालेमा विलय बनाउने अभियानमा लागेका छन्। यसका लागि पुनलाई सबैभन्दा ठूलो आरोप रअसँगको संलग्नता र साँठगाँठ हुने विश्लेषण गरेपछि उनीमाथि एमाले पुरै रणनीतिका साथ आरोपित गर्न लागेको छ।

पुनले केही सांसदलाई समेत बोलाएर एकता भाँड्न बैठक गरेको भन्ने पनि एमालेले माओवादीसँग सोधेको छ। एमाले र माओवादीका केहि नेताले भन्ने गरेजस्तो एकता नभइ एमालेमा विलय मात्र हुने भनेर शुरुदेखिनै असहमति राख्दै आएका पुनलाई एमालेका नेताहरु अहिले मन पराइरहेका छैनन। एमालेले एकता भाँड्ने अभियानअनुसार पुनले आफू निकट व्यक्तिहरुमार्फत आफ्ना अध्यक्ष ओलीमाथि प्रहार केन्द्रित गराएको आन्तरिक विश्लेषण पछि उनीमाथि समेत आरोपको नयाँ फोहोरा फाल्ने रणनीति अहिले एमालेले बनाएको छ।

सूर्य चिन्हमै चुनाव लडने सहमतिमा प्रचण्डले हस्ताक्षर गरेपनि कार्यान्वयन तहमा पुग्नै लाग्दा पुन सहितका नेताहरुले नै प्रचण्डलाई भड्काएर भाँडेको बुझाइमा रहेको एमालेले अब ओलीलाई भड्काउन पुनहरु सक्रिय रहेको आरोप लगाउन थालेका छन्।

एमाले अध्यक्ष ‌ओली र माओवादी अध्यक्ष प्रचण्डलाई शितल निवासमा खाना खुवाएर राष्ट्रपतिले कार्यकारी पद बाँडेर भएपनि एकता गर्नुस भनेको विषय पार्टी एकताको पक्षमा भएपनि त्यो कुरा एमाले महासचिव इश्वर पोखरेल लगायतलाई टाउको दुखाइ भएको छ। त्यो भद्र सहमति अनुसार अघी बढ्दा आफू माइनस हुने नगर्दा पार्टी एकता विरोधी हुने भएपछि उनी पुनलाई आरोपित गर्ने रणनीतिमा लागेका छन्। कतै सोहि फर्मुला अन्तर्गत पार्टी एकता भएमा आफूहरु माइनस परिने डरपछि पोखरेल आफू बाहेक अरु सबै पार्टी एकता विरोधी देखाउने अभियानमा लागिपरेको माओवादी नेताहरु बताउँछन्।

एमाले र माओवादीबीच ६० र ४० प्रतिशतको भागबन्डाअनुसार उम्मेदवार बनाइएकोमा परिणाम ७३ र २७ प्रतिशतको हाराहारीमा आएपछि एमालेका पोखरेल सहितका नेताहरु अहिले माओवादीलाई पार्टी एकताको बेलामा ३० प्रतिशतको हाराहारीमा मात्र स्थान दिन सक्ने बताउँदै आएका छन्। यसैलाई नै पुनले पार्टी एकता नभइ विलय हुने बताइरहेका छन्। महासचिव पोखरेल निकटहरुका अनुसार सामर्थ्यका आधारमा एकताभन्दा पनि बढी माग गर्ने र एमाले नेतृत्वलाई झुक्न बाध्य बनाउने योजना अघि बढाउँदा एकता भाँडिने निष्कर्षमा पुगेपछि पुन त्यसै अनुसार लागेका छन्। त्यसै अनुसार माओवादीको असन्तुष्ट पक्षलाई रक्षात्मक बनाएर झुक्न वाध्य पार्ने पोखरेलको समुहले बनाएको योजना सहतमा देखिन थालेको छ। हाम्रा कुरा लेख्छ हेर्न वाँकी छ पुन कतिसम्म झुक्ने हुन् ?

प्रतिक्रिया दिनुहोस
मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...