कार्कीले फलाए साढे चौध किलोको एउटै काउली



हाम्रो इकोनोमि

म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् ।

साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाउनुभएको हो । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताउनुभयो ।

कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । उहाँले मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो । भगवतीका कृषकलाई समेटेर व्यावसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोग गर्ने सोच बनाएको अध्यक्ष कटुवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...