१३ हजार कृषकलाई ३०० किलो मकैको बीउ वितरण



हाम्रो इकोनोमि

चालू आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा कृषकलाई १३ हजार ३०० किलो मकैको बीउ वितरण गरिएको छ ।

मकै लगाउने याम शुरु हुनै लाग्दा जिल्ला कृषि विकास कार्यालयले कृषकलाई मकैको बीउ वितरण गरेको हो । मकै उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रका व्यावसायिक कृषकलाई बीउ वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएका क्षेत्रमा उक्त बीउ वितरण गरिएको हो । कृषकलाई ५० प्रतिशत अनुदानमा अरुण–२ र मनकामना तीन जातको मकैको बीउ वितरण गरिएको हो । अहिले बजारमा अरुण–२ प्रतिकिलो रु ६४ र मनकामना–३ को रु ६२ पर्ने भए पनि कृषकलाई अरुण–२ रु ३२ र मनकामना–३ रु ३१ मा उपलब्ध गराइएको रेग्मीले बताउनुभयो ।

मकै जोन कार्यक्रम लागू भएको फलेवास नगरपालिका तथा अन्य सातवटै स्थानीय तहमा कृषकको मागअनुसार बीउ वितरण गरिएको छ । जिल्लामा झण्डै १५ हजार हेक्टर क्षेत्रफलमा ३२ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । फलेवास नगरपालिकाको खानीगाउँ, मुडिकुवा, देवीस्थान, लिमिठाना, भँगरा, ठानामौला, कार्किनेटा, शंकरपोखरी, कुर्घा र पाङ्राङ, कुश्मा नगरपालिकाको ठूलीपोखरी, खौलालाँकुरी र आर्थर, मोदी गाउँपालिकाको देउपुर, देउराली, चित्रे, तिलाहार र भुक तथा बिहादी गाउँपालिकाको रानीपानी, बर्राचौर, वहाकी र शालिग्राममा मकै पर्याप्त मात्रामा उत्पादन हुँदै आएको छ ।

जिल्लाबाट गत आवमा १५ टन मकैको बीउ बिक्री भएको थियो । फलेवासस्थित झकलक कृषि सहकारी संस्थामार्फत उक्त बीउ बिक्री गरिएको थियो । खानीगाउँ र देवीस्थानको १५ हेक्टरमा उत्पादन गरिएको मकैको बीउ ७५ प्रतिशत अनुदानमा कृषि विकास कार्यालयमार्फत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...