दरबारमार्गको बलात्कार काण्ड नसेलाउदै राजधानीको होटलमा अर्काे बलात्कारकाण्ड



सुन्धाराको एक होटलमा प्रेमिबाटै युवती बलात्कारमा परेकी छिन्। बिहे गर्ने भन्दै एक सातासम्म होटलमा राखेर अशोक गुप्ता नामक युवकले बलात्कार गरेका हुन्।

कमलादीको होटल ल्याण्डमार्क एण्ड अपार्टमेन्टमा प्रेमीकै सहयोगमा सामूहिक बलात्कार घटनाको छानबिन भइरहेका बेला अर्काे बलात्कार प्रकरण बाहिर आएको हो।

गुप्तालाई महानगरीय प्रहरी वृत्त जनसेवाले पक्राउ गरेको छ। सुन्धाराको होटल एसियनमा गुप्ताले प्रेमिकालाई बिहे गर्ने आश्वासन दिएर सम्बन्ध राखेका हुन्। पछि होटलबाट उनी भागेका थिए।
प्रेमीकाले फोन गर्दा आफुहरुले जात नमिल्ने भएकाले बिहे गर्न नसक्ने भन्दै गुप्ताले धोका दिएको र शारिरीक शोषण गरेको युवतीको उजुरी छ।

एक कम्पनीमा मेनेजरमा रुपमा कार्यरत गुप्ताले पक्राउ परेपछि युवतीलाई आर्थिक सहयोगको आश्वासन दिएका थिए। तर, प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको छ। जनसेवा वृत्तका डिएसपी मोहन थापाले गुप्तालाई बलात्कार मुद्दामा कारबाही अघि बढाइएको पुष्टि गरे।

गत माघ ७ गते ल्याण्डमार्क होटलमा एक २० वर्षिय किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। दरबारमार्ग प्रहरीको सहयोगमा मिलापत्र भएको थियो। जून प्रकरणको हाल छानबिन भइरहेको छ।

उता कथित प्रेमी र उनका साथीबाट इटहरीको रोयल रिर्सोट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिका बलात्कारको घटनापछि जनप्रतिनिधि र राजनितिक दलका नेतासमेत बसेर मिलापत्र गराइएको छानबिन समितिले प्रारम्भिक निष्कर्ष निकालेको छ । एसएसपी हरिबहादुर पाल नेतृत्वको छानबिन टोलीले मिलापत्र गराउँदा लेनदेन भएकोसमेत सूचना पाएको र पुष्टि गर्न कृयाशील बनेको प्रहरी स्रोतले जानकारी गराएको छ ।

स्रोतले धरानको वडा प्रहरी कार्यालयवाट सुरु भएको मिलापत्रको योजना इटहरी स्थित ईलाका प्रहरी कार्यालय पुगेपछि सफल बनेको पनि उल्लेख गरेको छ । घटनाको तीन दिनसम्म धरानमै बसेकी युवती परिवारको सम्पर्कमा पुगेपछि अभिभावकले पीडक मानिएका जोकम लिम्वुसँगै वडा प्रहरी कार्यालयको जिम्मा लगाएका थिए । वडा प्रहरीमा भएको छलफलमा लिम्वुले विवाह गर्ने सम्मको प्रस्ताव गरेको र मनिष श्रेष्ठवाट क्षतिपुर्ति दिलाउने गरी कुरा भएको समेत एक प्रहरीले जानकारी गराएका छन् । सो प्रश्तावपछि क्षतिपुर्ति समेतको कुरा आएको र सो कुरा लाखौं लेनदेनमा पुगेर टुङगीएको स्रोतको भनाई छ ।

वडा प्रहरीको छलफलमा सिजन गुरुङ र सन्तोष विक लगायत सहभागि रहेको वडा प्रहरी कार्यालयका एक प्रहरीले जानकारी गराएका छन् । सिजन र श्रेष्ठ पीडित युवतीकै ठाउँका भएको र विक पीडक युवक द्वयसँगको परिचयका कारण घटनामा जोडिएको स्रोतले जानकारी गराएको छ ।
वडा प्रहरीले घटना इटहरीमा भएको भन्दै एक रात लिम्वु र युवतिलाई थुनेर भोलीपल्ट इटहरी प्रहरी पठाएपछि भने विक, श्रेष्ठ र गुरुङमात्रै छलफल प्रकृयामा सहभागि वनेका थिए । ईलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरीले पनि सो घटनाका विषयमा भएको छलफलमा उनिहरु सहभागि रहेको र प्रहरी कार्यालयमा सो विषयलाई लिएर आएको जानकारी गराएका छन् ।

इटहरीका डिएसपी संजय राउत विदामा बसेको समयमा भएमो उक्त मिलापत्र प्रकरणमा कामु कार्यालय प्रमुख चिरञ्जीवी दाहालले मिलापत्र गर्न समस्या हुने भन्दै पन्सिएपछि एसपी विध्यानन्द माझि समेतलाई मिलाएर मिलापत्र गर्न वाध्य वनाईएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन

लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु

    लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको