देउवाको नयाँ प्रस्ताव आरजु, रामचन्द्र र विमलेन्द्रलाई राष्ट्रियसभामा मनोनित गर्ने



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा मनोनित गर्नुपर्ने तीनजना सदस्यका बारेमा पार्टीभित्र छलफल चलाएका छन् । देउवाले महिला कोटामा पत्नी आरजु राणासहित रामचन्द्र पौडेल र विमलेन्द्र निधीलाई सभामा मनोनित गर्ने अनौपचारिक प्रस्ताव गरेको बताइएको छ ।

यसअघि देउवाले माओवादी र एमालेलाई पनि समेट्न गरी प्रस्ताव गरे पनि सहमति नभएपछि अब तीनै जना कांग्रेसका नेतालाई मनोनित गर्ने प्रयास गरेका हुन् ।
देउवाले एमालेबाट बामदेव गौतम, माओवादीबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट आरजुलाई मनोनित गर्ने प्रस्ताव गरे पनि एमाले र माओवादी सहमत नएपछि आरजुलाई नछुटाई पौडेल र निधीको नाम अघि सारेका हुन् ।

पछिल्लो प्रस्तावमा पार्टीभित्र सहमति नभए देउवाले आफ्नै इच्छाअनुसार मनोनित गर्ने बताइएको छ । देउवाले कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि विकल्पमा रुपमा लिएको बताईको छ ।

संविधानअनुसार राष्ट्रियसभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । कूल ५९ सदस्यीय सभामा ५६ जना भने प्रत्येक प्रदेशबाट ८ जनाका दरले निर्वाचित भएर आउनेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...